Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

एडिबी धनगढीबाट फिर्ता, १६ सडक निर्माणमा प्रदेश सरकारको चासो

Public Dristi by Public Dristi
मार्च 2, 2023
in प्रदेश
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः क्षेत्रीय सहरी विकासमार्फत निर्माण हुने सडकको २०२० जुलाई १२ तारिखमा सम्झौता भयो। एसियाली विकास बैैंकको ऋण सहयोेगमा निर्माण हुने ४२ किलोमिटर सडकमा जम्मा १० दशमलव ५० किलोमिटरको मात्र कालोपत्र गर्न सम्झौता भएको थियो।बाँकी ३२ किलोमिटर सडक दोस्रो चरणमा कालोपत्रको ठेक्का हुने भनिएको थियो। तर, एडिबीले दोस्रो चरणको सडक निर्माणका लागि बजेट नदिने भएको हो।


धनगढी उप–महानगरपालिकाका नगर प्रमुख गोपाल हमालले एसियाली विकास बैंकले बाँकी सडकमा लगानी नगर्ने भएको बताए। उनले भने, ‘एडिबी धनगढीबाट फिर्ता भयो। ४२ दशमलव ५ किलोमिटर सडक बनाउछौँ भन्दै थियो। अब १० किलोमिटर मात्र बन्दैछ। एडिबीले धनगढीबाट साढे चार अर्ब फिर्ता लियो।’


एसियाली विकास बैँकको ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजाना अन्तर्गतको ४२ किलोमिटर सडकमा ३२ किलोमिटर सडक निर्माण नहुने भएको हो। धनगढीको पुरानो भन्सार रोड, रुवस होटल सडक, बोराडाँडी–यातायात कार्यालय सडक, धनगढीगाउँ–जुगेडा सडक लगायतका सडकका लागि बजेटको अभाव देखिएको हो।


४२ किलोमिटरमा १० दशमलव ५० किलोमिटर सडक मात्र पहिलो चरणमा कालोपत्र हुँदैछ। जेठसम्म धनगढीका सात वटा सडक कालोपत्रको काम सकिदैछ। तर, दोस्रो चरणमा कालोपत्र गर्ने भनिएको १६ वटा सडकको काम नहुने भएको हो।


क्षेत्रीय सहरी विकास आयोजना, धनगढीका प्रमुख रमेश थिङले धनगढीमा एसियाली विकास बैंकले सडक निर्माणमा लगानी नगर्ने बताए। उनले भने, ‘धनगढी उप–महानगरपालिकाका नगर प्रमुख, तथा जनप्रतिनिधिहरुले यो विषयमा पहल गर्नुपर्ने बताएका छन्। अहिलेका लागि सडकमा एडिबीले लगानी नगर्ने भएको छ। मेयर साबले पहल गर्न सक्नु भयो भने हो। सरकारले अर्काे निर्णय गरेपछि मात्र दोस्रो चरणको कार्यक्रम हुन्छ।’


एडिबीले लगानी नगर्ने भएपछि धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकार बजेटको जोहो गर्न थालेका छन्। सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले धनगढीको विकास निर्माणमा साझेदारी गर्ने बताए।

उनले भने, ‘सुदूरपश्चिम सरकारको भौतिक मन्त्री भएको छु। गोपी दाईसँग विकास निर्माण गर्ने मन छ। धनगढी उपमहानगरपालिकालाई प्रदेशको साँच्चिकै राजधानी सहर निर्माण गर्ने मन छ। ३२ किलोमिटर सडक निर्माणमा प्रदेश सरकारले साझेदारी गर्छ। गोपी दाईसँग मिलेर काम गर्न हामी तयार छाैँ।’

धनगढी उपमहानगरपालिकाले फोहोरमैला व्यवस्थापनको काम गर्न नसक्दा सडक निर्माणको ठेक्का सम्झौतामा ढिलो भएको थियो। फोहोरमैलाको काम नभएकाले सडक निर्माणको लागत बढेर १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो।

Previous Post

कञ्चनपुरमा डुबेर बालकको मृत्यु

Next Post

शर्मिला वाइवाले विष खाइन्, वीर अस्पतालमा भर्ना

Next Post

शर्मिला वाइवाले विष खाइन्, वीर अस्पतालमा भर्ना

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal