अछाम!! ३१ बुँदे माग सहित बिप्लब नेतृत्वको नेपाल कम्नियुस्ट पाटीले पञ्चदेवल बिनायक नगरपालिका मा ज्ञापन पत्र बुझायको छ । नेपाल कम्नियुस्ट पाटी पञ्चदेवल बिनायक नगरपालिका नगर कमिटीले ३१ बुदे माग राख्दै पञ्चदेवल बिनायक नगरपालिका नगर प्रमुख अम्बिका कुमारी चलाउने लाइ ज्ञापन पत्र बुझायको हो । नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्ती मार्फत नेपालको राष्ट्रियता , जनजिबिका र जनताको अधिकारको पक्षमा साथै राष्ट्रघात, जनघात भ्रष्टाचार , कमिशनखोर, अन्याय ,शोषण , बिभेद लगायत दलाल पुजीवादी व्यवस्थाका सबैखाले बिकृती र बेथिति विरुद्ध संघर्ष गर्दै बैज्ञानिक समाजबाद स्थापनाको लागि संघर्षरत कुरा अवगत रहेको जानकारी गराउदैै पञ्चदेवल बिनायक नगरपालिका ज्ञापन बुझायको हो ।।
पञ्चदेवल बिनायक नगरपालिकाको सन्दर्भमा जनसरोकारका निम्न बिषयहरुमा नेपाल कम्नियुस्ट पार्टीले आफ्नो दृष्टिकोण सहित निम्न बिषयहरु अगाडि सारेको छ । नेपाल कम्नियुस्ट पाटीले भनेको छ हामीले उठाएका मागहरूको समयमै सम्बोधन नगरी बेवास्ता गरिए संघर्षको बाटोबाट अगाडि बढ्ने नेपाल कम्युनिस्ट पार्टीले जानकारी दियको छ । नेपाल कम्युनिस्ट पार्टी पञ्चदेवल बिनायक नगरपालिका लाइ निरपेक्ष गरिबीको रेखामुनि रहेका अति बिपन्न बर्ग, बिपन्न तथा मध्यम बर्ग र गाउघरमा नै बसि उद्धमी बनेर केही गर्ने सोच भएका युवाहरूलाई उद्धमशिलता सम्बन्धि व्यावसायिक तालीम र पुजिको व्यवस्था गरी रोजगारी वृद्धि गर्नु पर्ने, ,कर्णाली नदिको बालुवा ,रोडा उत्खनन र निकासीमा राजनीतिक आडमा राजस्व चुहावट भैरहेकोले सो कार्य तत्काल बन्द गर्नु पर्ने माग राखेको छ । यस्तै निजि स्रोतबाट शिक्षक तथा कर्मचारी व्यवस्थापन गर्नुपर्ने बिद्यालयहरुमा नगरबाट शिक्षक दरबन्दीको व्यवस्थापन गरि विद्यार्थी अभिभावक माथिको आर्थिक भारलाई बन्द गर्नु पर्ने, नगरमा कम्तीमा २ वटा सुबिधासम्पन्न एम्बुलेन्स र एउटा शब बाहनको व्यवस्था गर्नु पर्ने , बिनायक बजारको भित्री सडकको स्तरोन्नति र कालोपत्रे तथा ढलनिकासको उचित व्यवस्था गरि सफा र सुन्दर बजारको रुपमा बिकास गर्नु पर्ने नगरमा कार्यरत करारका कर्मचारीहरुमाथी हुने शोषण र बिभेदलाई अन्त्य गर्नु पर्ने लगायतका माग सहित ३१ बुदे ज्ञापन पत्र बुझायको छ ।।
नेपाल कम्नियुस्ट पार्टी केन्द्रिय सद्स्य तथा अछाम जिल्ला इन्चार्ज क मिना सि पञ्चदेवल बिनायक नगरपालिका इन्चार्ज क सज्जन सि पञ्चदेवल बिनायक नगरपालिका सेक्रेटेरी क सुरेश सि अखिल क्रान्तिकारी अछाम जिल्ला इन्चार्ज दीपेन्द्र सि पार्टी सदस्य बल बहादुर नेपाली सि लगायत नेता कार्यकर्ताको उपस्थितीमा ज्ञापन पत्र बुझायको हो


Discussion about this post