Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरपश्चिमको गाडी मोहः ८३ करोडको खरिद, मर्मतमा १२ करोड स्वाहा

Public Dristi by Public Dristi
मार्च 1, 2023
in प्रदेश
6
0
4
SHARES
6
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले गएका चार आर्थिक वर्षमा सवारीसाधन खरिद र मर्मतसम्भारमा ठुलो रकम खर्च गरेको देखिएको छ। आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्ममा ८३ करोड बढी मुल्यका गाडी खरिद गरेको पाइएको हो।


सवारीसाधनमा प्रयोग हुने इन्धन र चालकहरूको पारिश्रमिकमा भएको खर्च छुट्टै छ। नयाँ खरिद गरिएका गाडी मर्मतको नाममा मात्र प्रदेश सरकारले १२ करोड खर्च गरेको समेत देखिएको छ। संघीय सरकारले चालु खर्च १५ प्रतिशत घटाउने भन्दै चालु आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत सवारीसाधन नकिन्ने घोषणा गरेको छ।


सवारीसाधन खरिद गर्दा खर्च बढ्ने र विदेशी मुद्राको सञ्चिति पनि घट्ने भएका कारण यस्तो घोषणा गरिएको जनाइएको छ। हालसम्म ८३ करोड ४ लाख १५ हजार रुपैयाँको गाडी किनेको सुदूरपश्चिम प्रदेशले सवारीसाधन मर्मतसम्भारमा ११ करोड ६० लाख २२ हजार रुपैयाँ सकेको छ।



संघ, प्रदेश र स्थानीय तहले सवारीसाधनको खरिदमा विकृति देखिएकाले त्यसको नियन्त्रण गरिनुपर्ने भन्दै ‘सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५’ को प्रतिवेदनले समेत सुझाव दिएको थियो। ‘तीनवटै तहका सरकारका लागि सवारीसाधन खरिदको मापदण्ड तोक्ने र नयाँ कार्यालयबाहेक सबै कार्यालयमा ३ वर्ष सवारीसाधन खरिद नगर्ने नीति लिनुपर्दछ,’ आयोगको प्रतिवेदनमा भनिएको छ।


सरकारले चार वर्षअघि गठन गरेको सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष तथा अर्थविद् डिल्लीराज खनाल प्रदेशले वित्तीय अनुशासन मिचेर सवारीसाधनमा खर्च गरिरहेको बताए। ‘आयोगबाट अध्ययन गर्न प्रदेशमा जाँदा पुँजीगत खर्च शीर्षकबाट समेत गाडी किनेको देखियो,’ उनले भने, ‘अर्थशास्त्रको सिद्धान्तले कुनै आयोजनामा पुँजीगत शीर्षकमा हुने लगानीले उत्पादन बढाउनुपर्छ वा पुँजी सिर्जना गर्नुपर्छ भन्छ।’


सुदूरपश्चिम प्रदेश सरकार अन्तरगत स्थायी र अस्थायी गरी विषयगत मन्त्रालयसहित १३३ निकायहरु सञ्चालनमा छन्। यी निकायहरुले गाडी मर्मतको नाममा अचाक्ली खर्च गर्दै आएका छन्। मन्त्रालयसहित प्रदेश सरकार अन्तरगतका १३३ निकायले आर्थिक वर्ष २०७७/७८ मा मात्र ४ करोड १३ लाख गाडी मर्मतको नाममा खर्च गरेको देखिएको छ। ती मध्ये कतिपय गाडीहरु प्रदेश सरकारकै मन्त्रालयहरुमा थन्काइएका छन्।

Previous Post

सुदूरपश्चिम यातायातका पूर्व अध्यक्षको निधन

Next Post

संघीयताको विकल्प छैन,संघीयता मास्न खोज्नेहरु आफै समाप्त हुनेछन् :

Next Post

संघीयताको विकल्प छैन,संघीयता मास्न खोज्नेहरु आफै समाप्त हुनेछन् :

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal