Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

डोटीका तीन पालिकाभित्र सार्वजनिक यातायात, आम्दानीभन्दा खर्च धेरै

Public Dristi by Public Dristi
फेब्रुअरी 28, 2023
in समाज
4
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः डोटीका तीनवटा पालिकाले आफ्नै खर्चमा सार्वजनिक यातायात सञ्चालन गरिरहेका छन्। २०७४ सालदेखि नै पालिकाहरुको पहलमा सार्वजनिक यातायातका साधन सञ्चालन भइरहेका हुन्। यात्रुहरुको सहज र सुरक्षित यात्राका लागि पालिकाहरुले बस सेवा सञ्चालनमा ल्याएको भए पनि आम्दानीभन्दा खर्च बढी हुन थालेपछि नियमित सञ्चालनमा कठिन भइरहेको जनप्रतिनिधिको गुनासो छ।


डोटीका स्थानीय तहहरुले सार्वजनिक यातायातमा केही नमुना काम गरेका हुन्। छोटो दूरीका यात्रुलाई सार्वजनिक यातायात सेवामा गरिने दूव्र्यवहारबाट जोगाउन तीन पालिकाले बससेवा सञ्चालनमा ल्याएका छन्। स्थानीय तहहरुले बस सेवालाई निरन्तरता दिएपछि यात्रु खुसी देखिएका छन्।


तर सार्वजनिक रुपमा बस सेवा सुरु गरिए पनि आम्दानी भन्दा खर्च बढी हुन थालेपछि नियमित सञ्चालनमा थोरै कठिन हुने गरेको दिपायल सिलगढी नगरपालिकाका प्रवक्ता दशरथ बलायरले बताए। दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका र पूर्वीचौकी गाउँपालिकाले बस सेवा सञ्चालनमा ल्याएपछि सो क्षेत्रका स्थानीय सार्वजनिक यातायात व्यवसायीहरुको यातनाबाट भने छुटकारा पाएका छन्।


तीनवटै पालिकाहरुले पालिकाबाट स्थानीय बासिन्दाहरुलाई दैनिक रुपमा जिल्ला सदरमुकाम सिलगढी र व्यवसायीक क्षेत्र दिपायलसम्म ओसारपसार गर्दै आएका छन्। स्थानीय पालिकाहरुकै लगानीमा बससेवा सञ्चालनमा ल्याउने नमुना कार्य डोटीमा मात्रै हो। २०७४ को स्थानीय तह निर्वाचनबाट आएका जनप्रतिनिधीहरुले निर्वाचित भएको दोस्रो वर्षबाटै बस सेवा सञ्चालनमा ल्याएका हुन्।


स्थानीयको सहजताका लागि बस सेवा नियमित रुपमा सञ्चालन भइरहेको शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरले बताए। ‘तत्काल नयाँ बस थप्ने योजना नभए पनि नयाँ रुटहरुमा पनि बस सेवा सुरु गर्ने विषयमा छलफल भइरहेको छ।’ ज्येष्ठ नागरिक, अपाङ्ग र पत्रकारहरुलाई विशेष सहुलियत दिइएको बस सेवामा निजी क्षेत्रको सार्वजनिक यातायातभन्दा भाडादर सस्तो छ। २०७८ मा निर्वाचित जनप्रतिनिधीहरुले समेत प्राथमिकता दिएपछि बससेवा थप प्रभावकारी बनेको छ।


दिपायल सिलगढी नगरपालिकाले तीन, शिखर नगरपालिकाले दुई तथा पूर्वीचौकी गाउापालिकाले दुईवटा बस सञ्चालनमा ल्याएका छन्। कच्ची बाटो भएकाले यातायात सेवा सहज रुपमा सञ्चालन गर्न कठिन हुने गरेको पुर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए। पछिल्लो समय पक्कीबाटोमा मात्र नभएर केही ग्रामिण क्षेत्रमा समेत बस सेवा विस्तार गरिएको छ।

Previous Post

दार्चुलाकी सुरन्तीले गर्भमै गुमाइन् शिशु

Next Post

नेपाल केहि वर्षमै बिद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

Next Post

नेपाल केहि वर्षमै बिद्युतमा आत्मनिर्भर बन्छ : कुलमान घिसिङ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal