बैतडी: बैतडीमा शिक्षकले एक वडा सदस्यलाई कुटपिट गरेका छन्। जिल्लाको सिगास गाउँपालिका–६ मा रहेको गणेश माविका शिक्षक महेन्द्र साउँदले सोही वडाका वडा सदस्य कृष्णबहादुर साउँदलाई कुटपिट गरेका हुन्। शेरा लेकम सिँचाइ योजनाको बारेमा विवाद हुँदा शिक्षक महेन्द्रले वडा सदस्य कृष्णमाथि कुटपिट गरेको गाउँपालिकाको उपाध्यक्ष धना धामीले बताएकी छिन्।
वडा सदस्य साउँदको टाउको र औंलामा चोट लागेको छ। वडा सदस्य साउँदले गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको जानकारी दिए। वडा अध्यक्ष तेज बहादुर साउँद भने काम विशेषले धनगढी रहेका छन्। उनले कार्यवाहक अध्यक्षको रुपमा कृष्ण साउँदलाई जिम्मेवारी दिएको र विवादको बारेमा खासै जानकारी नभएको बताए। घटनाको बारेमा जानकारी भएको र वडा अध्यक्षसहित बसेर आवश्यक प्रक्रियामा जाने उपाध्यक्ष धाना धामीले बताइन्।
बैतडी प्रहरीले भने यस बारे केही जानकारी नआएको बताएको छ।


Discussion about this post