Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरपश्चिममा ६ सय क्षमताका कारागारमा १६०७ कैदी हुँलिए

Public Dristi by Public Dristi
फेब्रुअरी 27, 2023
in प्रदेश
3
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र दिनप्रतिदिन अपराध बढ्दै गएको छ। विभिन्न प्रकृतिका अपराध बढ्दै गएपछि प्रदेशभित्रका कारागार कैदीबन्दीले भरिएका हुन्। कैलाली र कञ्चनपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी छन भने सात पहाडी जिल्लामा तीन गुणा बढी कैदीबन्दी छन्।

कारागारको क्षमताभन्दा कैदीबन्दीको संख्या चार गुणाले बढेपछि व्यवस्थापन गर्न समेत समस्या भएको कारागार प्रशासनको गुनासो छ। सदूरश्चिम प्रदेशका सबै कारागारको गरी जम्मा ६ सय क्षमता छ तर कागागारभित्र १ हजार ६ सय ७ जना कैदीबन्दी हुँलिएका छन्। क्षमताभन्दा बढी कैदीबन्दी राख्नु मानव अधिकारको समेत हनन् भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का सुदूरपश्चिम संयोजक खडगराज जोशी बताउँछन्।


‘कैदीबन्दीलाई बसोबास, खानेपानी, शौचालयलगायत आधारभूत सेवा पाउन समेत समस्या भइरहेको छ, उनीहरुलाई सरकारले सेवासुविधा दिए पनि त्यतिले मात्र पुग्दैन,’ उनले भने। कारागारभित्रै मानवअधिकार हनन् भइरहँदा पनि कारागार व्यवस्थापनमा सम्वन्धित निकायको ध्यान जान नसकेको संयोजक जोशीले बताए। संघ र प्रदेश सरकारले प्रत्येक वर्ष कारागार सुधारको नीति ल्याउने गरे पनि कार्यान्वयनमा आउने गरेको छैन्।


पछिल्लो समय प्रहरीले लागुऔषध ओसारपसार, विक्रीवितरण र सेवनमा संलग्नहरुलाई धमाधम पक्राउ गर्न थालेपछि प्रहरी थुनुवा कक्ष र कारगारमा कैदीबन्दीको संख्या उल्लेख्य रुपमा बढेको हो। ज्यान मुद्दा, चोरी डकैती, जबरजस्ती करणी, कुटपिट लगायतका घटनामा संलग्नहरु एकपछि अर्को पक्राउ पर्न थालेपछि कैलाली र कञ्चनपुरका कारागारमा क्षमताभन्दा चार गुणा बढी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।


साथै विभिन्न अपराधमा संलग्न फरारहरु समेत पक्राउ पर्न थालेपछि कारागारको क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राख्नु परेको उनले बताए। एक सय ५० क्षमता भएको कैलाली कारागारमा ३३ महिला र ५ सय ८३ जना पुरुष गरी ६ सय १६ जना कैदीबन्दी छन भने बालक एक र दुई बालिका समेत आश्रित छन्।


९५ क्षमता भएको कञ्चनपुर कारागारमा १९ महिला र ४ सय १७ जना पुरुष गरी ४ सय ३६ कैदीबन्दी छन्। एक सय ४० जनाको क्षमता भएको डडेल्धुरा कारागारमा ११ महिला र एक सय ६ पुरुष गरी एक सय १७ कैदीबन्दी छन्। ७५ क्षमताको अछाम कारागारमा ८६ जना कैदीबन्दी छन्। जसमा ८० पुरुष ६ महिला छन्।

अछाम कारागारमा चार वर्षीया बालिका दुई जना र तीन वर्षीय एक बालक समेत आश्रित छन्। ४० जना क्षमता भएको दार्चला कारागारमा ६७ कैदीबन्दी छन्। जसमा तीन जना महिला छन्। २५÷२५ कैदीबन्दी क्षमता भएका बाजुरा, बझाङ, बैतडी र डोटीमा क्रमशः ६४, ७५, ७१ र ६८ कैदीबन्दी रहेको इन्सेकको तथ्यांक छ।

Previous Post

दैजी–छेला र प्रदेश राजधानीको हालत उस्तै, जग्गा प्राप्तिको टुंगो छैन

Next Post

डडेल्धुराको परशुराममा जिप दुर्घटना

Next Post

डडेल्धुराको परशुराममा जिप दुर्घटना

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal