अछामः अछाममा बिहिबार भएको आगलागीमा परेर घाइते दुई जनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ।
आगलागीबाट गम्भिर घाइते दुबै जनाको सुर्खेतमा उपचार हुन नसकेपछि हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको हो।
आगलागीमा जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–८ कोसेडीका २१ वर्षीय हिमराज रोका मगर र १९ वर्षीय पिरम रोकामगर गम्भीर घाइते भएका थिए।
उनीहरुलाई शनिबार नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगाइएको छ।


Discussion about this post