Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

रेशम चौधरी रिहा गर्ने देउवाको बचन

Public Dristi by Public Dristi
फेब्रुअरी 15, 2023
in राजनीति
35
0
27
SHARES
43
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714


काठमाडौँः सुदूरपश्चिममा आफ्नो नेतृत्वको सरकार ढलेपछि एमालेले त्यसको दोष नागरिक उन्मुक्ति पार्टीलाई दिएको छ।

रेशम चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई विश्वासको मत दिने दिन प्रदेश बैठकमै अनुपस्थित भएपछि सरकार ढलेर काँग्रेस नेतृत्वमा सरकार बनेको छ। त्यसो हुनुमा एमालेले उन्मुक्तिलाई दोषी देखेको ठानेको छ। जबकि एमाले नेतृत्वको त्यो सरकार गठनका बेला उन्मुक्तिले समर्थन गरेको थियो। तर विश्वासको मत दिने दिन प्रदेश सभामा नै अनुपस्थित भयो।

संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि धारा ३ अनुसार ठुलो दलको संसदीय दलको नेताको हैसियतमा नेपाली काँग्रेसका कमल बहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। रेशम चौधरी रिहामा एमाले बाधक भएको बुझाई उन्मुक्ति पार्टीका नेताहरूको छ।

कांग्रेस, माओवादीलगायत मधेसवादी दलहरु रेशम चौधरी रिहाका लागि सकारात्मक भएपनि एमाले कठोर रहेको उन्मुक्ति पार्टीका एक केन्द्रीय सदस्यको भनाइ छ। सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावललाई रेशम चौधरी रिहाका लागि ध्यानाकर्षण गराउन जाँदा उनले आश्वासन दिएपनि प्रक्रिया सुरु नगरेको ती नेताको गुनासो छ। कांग्रेसले भने रिहाका लागि पटक पटक प्रयास गर्नुका साथै प्रक्रिया सुरु गर्दा समेत एमाले बाधक बनेको ती नेताको आरोप


कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले रेशम चौधरीको रिहाका लागि प्रक्रिया सुरु गरेको थियो। रिहाका लागि अध्यादेश नै ल्यायो तर राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई पास नै हुन दिइनन्। राष्ट्रपति भण्डारीले अध्यादेश अस्वीकृत गर्नुमा एमालेकै हात रहेको उन्मुक्ति पार्टीको बुझाइ छ।उन्मुक्ति पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीले अरुण चौधरी पक्राउ पर्नु र एमालेका सांसद लक्ष्मी कोइरी महतो खुल्ला घुम्नुले सबै कुरा स्पष्ट भएको टिप्पणी गरे।


रेशम चौधरीको रिहा गर्न आफूहरूले सरकारलाई दबाब दिइरहेका बेला अर्का सांसदलाई पक्राउ गरेपछि उन्मुक्ति पार्टीप्रति यो सरकार सकारात्मक छैन भन्ने स्पष्ट भएको उनको भनाइ छ। स्रोतका अनुसार काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार गठन भएपछि पहिलो काम रेशम चौधरीलाई रिहा गर्ने आश्वासन दिएका छन्। त्यसका लागि उन्मुक्ति पार्टीले काँग्रेसलाई सहयोग गर्नुपर्ने उनले सर्त राखेका छन्।

प्रधानमन्त्री देउवा र उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जना श्रेष्ठबीच भएको भेटमा यस्तो आश्वासन दिएको काँग्रेस स्रोतले जनाएको छ।

Previous Post

पञ्चदेवल बिनायक नगरपालिकामा ईलोक्ट्रोनिक्स प्रविधिबाट हाजिरी सुरु

Next Post

सुकुमाया’ विवाह बन्धनमा, सार्वजनिक गरिन् श्रीमान

Next Post

सुकुमाया’ विवाह बन्धनमा, सार्वजनिक गरिन् श्रीमान

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal