Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

उन्नत चुलोको कार्यक्रम सुरुवातले वडा बासी उत्साहित-अछाम टुडे

सागर देबकोटा by सागर देबकोटा
फेब्रुअरी 14, 2025
in विशेष
28
0
22
SHARES
35
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सागर देबकोटा अछाम-मंगलसेन नगरपालिका वडा नं १४ को वडा कार्यलय मा उन्नत चुलोको बजारीकरण परियोजनाको लागि गरिएको अभिमुखिकरण तथा चुलो प्रदशनी कार्यक्रम सुरु भएको छ ।

मंगलसेन नगरपालिका वडा नं १४ का वडा अध्यक्ष शिव बहादुर सोडारीको अध्यक्षता भएको कार्यक्रममा मंगलसेन नगरपालिका वडा नं १४ का वडा सदस्य वडा भित्रका स्वास्थ स्वंमसेबिका  आमासमुहका अध्यक्ष वडा स्थित बिधालयका विधालय ब्यबस्थापन समिती अध्यक्षहरु विभिन्न पाटिका प्रतिनिधिहरु लगायत समाजसेबी बुद्धिजीवी को सहभागीता मा उक्त कार्यक्रम संचालन गरिएको थियो ।

लाईभलिहुडस फण्डसको आर्थिक सहयोगमा प्राटिकल एक्सन र आस्था नेपालको सयुक्त साझेदारिमा अछाम जिल्लाको ८ वटा पालिकामा मा उक्त कार्यक्रम संचालन गरिएको हो ।

६३०० पर्ने चुलोलाई कार्यक्रम बाट प्रोत्साहन स्वरुप ३७०० अनुदान सहित २६०० रुपियाँ उपभोक्ताले लगानी गर्नु पर्ने भनिएको चुलोमा  ५ बर्ष वारेन्टी रहेको छ । सोही अनुसार आज भएको कार्यक्रम मा करिब ४० चुलोको माग रहेको छ ।

यो कार्यक्रम वडा तहका विभिन्न टोलहरुमा हुनेछ ।

जसको फाईदा उन्नत बायुपंखी चुलो भनेको पारम्परिक चुलोको सुधारिएको स्वरूप हो, जसले परम्परागत दाउराको तुलनामा अधिक दक्षता प्रदान गर्छ।

यसको मुख्य विशेषता भनेको

धुवाँ कम उत्पादन गर्ने – राम्रो डिजाइनका कारण इन्धन पूर्णरूपमा जलेर धुवाँ कम गर्छ।

कम इन्धन खपत गर्ने – सामान्य चुलोको तुलनामा ३०-५०% कम इन्धन आवश्यक पर्छ।

तातो प्रभावकारी रूपमा उपयोग गर्ने – बायुपंखी प्रविधिले हावा राम्ररी प्रवाह गराउँछ, जसले ताप बढी उत्पन्न गर्छ।

स्वास्थ्यमा सकारात्मक असर पार्ने – कम धुवाँले फोक्सोसम्बन्धी समस्याहरू कम गर्छ।

पर्यावरणमैत्री – वनजंगलको दाउराको प्रयोग घटाउँछ, जसले वातावरणीय प्रभावलाई न्यून पार्छ।

यसलाई विशेषगरी ग्रामीण भेगमा खाना पकाउने क्रममा परम्परागत चुलोको विकल्पका रूपमा प्रयोग गर्न सकिन्छ ।

वडा अध्यक्ष शिव बहादुर सोडारी ले घरभित्र हुने प्रदुषण र धुवाँजन्य रोगलाई नियन्त्रण गर्न सक्ने भएको हुँदा उक्त चुलोलाई सबै वडा बासिले चुलो प्रयोग गरिदिन आग्रह गर्नु भएको छ ।


Previous Post

अछाममा रुखबाट लडेर १ महिलाको मृत्यु

Next Post

बालअधिकार समिति मा अध्यक्ष स्वयंम सकृय

Next Post

बालअधिकार समिति मा अध्यक्ष स्वयंम सकृय

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal