राम कृष्ण रेग्मिको गजलमा ईशा दिदी
दुःखी मनका आशा बनी, उज्यालो दिन ल्याउने,
सहयोगी हात बढाई, मायाँको दीप जलाउने।
पोखराको माटोकी छोरी, मनको ज्योति बाल्ने,
आफ्नो भन्दा अरूको पीर, पहिलो सधैं मान्ने।
कमाइ जति भाग लगाई, परोपकारमा बिताउने,
सयौं मुहारमा हाँसो छर्ने, आशीर्वाद बटुल्ने।
छोरी, श्रीमान संगै छन्, परदेशमा जीवन बित्दै,
तर मनमा नेपाल बस्छ, मायाँ झन् झन् झरिरहन्छ।
गजलले चित्र कोर्दा, शब्दहरू अपुरो लाग्छ,
यस्तो मनकारी आत्मा, सधैं सबैको हृदयमा बाँच्छ।
राम कृष्ण रेग्मि गजलमा ईशा दिदी




Discussion about this post