हिमाल झैँ अडिग छ तिमी,
पहाड झैँ अटल छ तिमी,
सत्यको बाटो समाई हिड्ने,
निडर योद्धा हौ तिमी।

न पैसा, न पदको लोभ,
सपना तिमीले देखायौ खोस,
शहर सफा, मन सफा,
जनताको सेवा नै पहिलो होस।

युवा देखि वृद्ध सबैको आश,
जनताको मनमा जलेको बास,
हर्क साम्पाङ नाम सुन्दै,
सजाउँछन् धेरैले विश्वास।
नझुक्ने, नडगमगाउने,
सधैँ न्यायका लागि बोल्ने,
हामी सबै संगै छौँ तिमी संग,
यो लडाइँ कहिल्यै नहार्ने


Discussion about this post