Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना

Public Dristi by Public Dristi
फेब्रुअरी 9, 2024
in ग्लोबल, समाज, सूचना प्रविधि, स्तानिय समचार, स्थानीय
15
0
11
SHARES
18
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धादिङ। दुईवटा चाउचाउको पाँच सय रुपैयाँ असुल्ने धादिङको गल्छी गाउँपालिकास्थित ह्याम्लेट रेस्टुरेन्टलाई एक लाख जरिवाना गरिएको छ।

२० रुपैयाँ पर्ने दुईवटा वाइवाइ चाउचाउ पकाएर पाँच सय लिएपछि गल्छी–७ मासटारमा रहेको ह्याम्लेट रेस्टुरेन्टलाई जिल्ला अनुगमन समितिले एक लाख जरिवाना गरेको हो।

पृथ्वी राजमार्ग आसपासमा महँगो मूल्य असुल्ने होटेल, किराना पसल र क्याफेलाई जरिवाना गराइएको जिल्ला अनुगमन समितिका संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताए। उपभोक्ताबाट गुनासो आएपछि चाउचाउ पकाएर खाएको पैसा तिरेको बिलसहित बोकेर अनुगमनमा पुगेको टोलीले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको उनले बताए।

‘पकाएर दिएको दुई पोका चाउचाउको पाँच सय रुपैयाँ तिरेको होटेलले दिएको बिलसहित एकजना उपभोक्ताले जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी गरे। उजुरी परेपछि अनुगमन गरी जरिवाना गरेका हौँ,’ उनले भने, ‘ह्याम्लेटसहित गल्छीकै नवोदीप स्टोर र रिभर भ्यु क्याफेलाई १०–१० हजार जरिवाना गरिएको छ। विगतका समयमा गरिएको अनुगमनका क्रममा दिएको निर्देशन पालना नगरेको र अधिकतम मूल्य लिएकाले जरिवाना गरिएको हो।’

तोकिएको मूल्यभन्दा बढी लिने होटेल तथा पसलेलाई कडाभन्दा कडा कारबाही गरिने उनले बताए। ‘विगतका दिनमा हामीले खानेकुराको गुणस्तर हेरेका थियौँ। पछिल्लो समय एमआरपीमा उपभोक्ता ठगिने गुनासा आएका छन्,’ उनले भने, ‘अबका दिनमा महँगो मूल्य असुल्नेहरूमा फोकस गरेका छौँ। उपभोक्ताले खरिद बिल र प्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन सक्नेछन्।’

उनले उपभोक्ताहरूलाई अधिकतम खुद्रा मूल्यभन्दा बढीमा सामान खरिद नगर्न अनुरोध गर्दै सोभन्दा बढीमा सामान बिक्री गरेको देखिएमा कालोबजारी र ठगी अभियोगमा मुद्दा चलाइने प्रस्ट पारेका छन्।

अनुगमनबाट सात लाख ९० हजार राजस्व संकलन अनुगमनका क्रममा जरिवानाबाट साउनयता सात लाख ९० हजार राजस्व संकलन भएको अनुगमन समितिका संयोजक पराजुलीले बताए।

‘२६ पटक अनुगमन गरियो। किराना, एग्रोभेट, मेडिकलदेखि होटेल तथा कोल्डस्टोरलगायत एक सय ६८ फर्महरूमा हामी पुग्यौँ। ६० वटा फर्मलाई त पाँच हजारदेखि एक लाखसम्म जरिवाना नै गरिएको छ,’ उनले भने, ‘अनुगमन गर्ने क्रममा जरिवाना गर्दा करिब आठ लाख राजस्व संकलन गरिएको छ।’

उनका अनुसार दुई लाख ३८ हजार रुपैयाँबराबरको म्याद नाघेका र रङ हालिएका अखाद्य वस्तु जफत गरी नष्ट गरिएको छ। ‘हामी निरन्तर अनुगमनमा छौँ,’ उनले भने, ‘अखाद्य वस्तु बिक्री गर्ने र एमआरपीभन्दा बढी मूल्य असुल्ने व्यवसायीलाई हदैसम्मको कारबाही गर्छौँ।’

Previous Post

स्पिकर अफ चामुण्डाविन्द्रासैनी–२०८०”संचालन को तयारि..

Next Post

दोर्सो सभा-महानायक युवा खनिज ब्यवसायी महेन्द्र बुढा….

Next Post

दोर्सो सभा-महानायक युवा खनिज ब्यवसायी महेन्द्र बुढा....

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal