धनगढीः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखराज भट्ट दलालको पनि दलाल बनेको टिप्पणी गरेका छन्।
धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले भट्टको नाम नलिएरै आफैले हुर्काएको मान्छे छोप्न नसकिनेगरि गएको बताए।
उनले भट्ट प्रधानमन्त्री केपी ओलीको वरीपरी घुमिरहेको उल्लेख गर्दै भने, ‘केपी ओली दलाल हुन् उनी दलालको पनि दलाल भए।’
विगतमा प्रचण्डका प्रिय पात्र रहेका ओली समूहका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टी विभाजनपछि केपी ओलीलाई साथ दिएका छन्।


Discussion about this post