Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

‘केपी ओली कम्युनिष्ट कसरी भए ?

Public Dristi by Public Dristi
जनवरी 21, 2021
in प्रदेश, राजनीति
17
0
14
SHARES
22
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुर्खेत । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिएर देश विकास गर्ने अपेक्षा राखेपनि उनले पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याई पुर्याएको बताएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित भेलामा सम्बोधन गर्दै नेता नेपालले देश समृद्धिका लागि ओलीलाई सुधार्न विभिन्न प्रयास गरेपनि ओलीले आफुहरुलाई पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याएको बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले पार्टीका नेतामाथि बदलाको भावना राखेर मुलुकलाई संकटमा पारेको बताए । ‘ओलीले संविधान विरोधी, अलोकतान्त्रिक कदमहरु चाले’ उनले भने, ओलीले चालेका प्रतिगामी कदमले मुलुक संकटमा परेको हो ।’

पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य समेत रहन नसक्ने भन्दै नेपालले ओलीलाई साधारण सदस्य नरहने गरी पार्टीले निष्कासन गर्ने उनले ठोकुवा गरे । नेता नेपालले ओली जस्तो कुलङ्घार नेता मुलुकमा अरु कोही नभएको पनि बताए । ‘ओली कहिले देखि एमाले भए रु’ नेपालले भने, ‘रौतहट आन्दोलनमा सँगै मैले लिएको मान्छे ।

अहिले माधव नेपाल को हुन् भनेर सोध्छन् । त्यसैले ओली कहिलेदेखि एमाले भए रु ओली भगौडा हुन् । झापा आन्दोलनबाट भागेर २०२८ सालतिर काठमाडौँ आएका थिए । उनलाई मेरो डेरामा दुई महिना राखेको हुँ,’नेता नेपालले भने ।

साथै नेता नेपालले ओली संविधान जारी गर्ने बेलामा समेत तयार नभएको आरोप लगाए । ‘गणतन्त्रको अपनत्व केपी ओलीले राख्न सक्दैनन् । केपी ओलीले गणतन्त्र जन्माएका होइनन्’ उनले भने, ‘गणतन्त्रबारे केपी ओलीले विरोध गरेका हुन् कि होइनन् रु गणतन्त्रमा केही तत्वहरु सल्बलाइरहँदा उनी पनि विरोधी थिए ।यस्तै स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शक्ति बस्नेतले संविधानलाई कुल्चने दुष्प्रयास भएको बताए । ‘स्थापित भएका संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका निम्ति सबैले साथ दिएपनि उनको नियत नै विस्थापित गर्ने रहेछ’ उनले भने ।

आम नेपालीले विश्वास राखेको कम्युनिष्ट पार्टीको एकता आज ओलीका कारण दुर्घटनामा पर्न थाल्यो । उनले भने, ‘प्रधानमन्त्रीले पार्टीको गरिमा र औचित्यलाई सम्मान गर्न सक्नुभएन् मनै राज्य हुँ भन्ने भावना ओलीको देखियो ।’

ओलीले कर्णालीलाई हेपे

भेलामा नेकपा कर्णाली प्रदेश इञ्चार्ज समेत रहेका पूर्व मन्त्री जनार्दन शर्माले पनि ओलीको खुलेर विरोध गरे ।उनले भने, ‘देशमा ओलीका कारण भ्रष्ट्राचार निम्तियो । हामीले उठाएको क्रान्तिको झण्डालाई ओलीले निमोठेर फाल्नुभयो, हामी रक्षाका निमित्त लागिरहेका छौँ ।’ओलीले कर्णाली प्रदेशलाई हेपेको आरोप उनले लगाए । ‘के ओलीले कर्णालीलाई माया गर्नुहुन्छ रु’ उनले प्रश्न गरे ।उनले कर्णाली आफ्नै पक्षमा रहेको बताउँदै ओलीको हार कर्णालीमा निश्चित भएको पनि बताए ।

सुर्खेतमा आयोजित बिहीबारको भेला माधव–प्रचण्ड समूहको अहिलेसम्मकै सबैभन्दा ठुलो भेला हो ।उक्त, भेलामा कर्णाली प्रदेश सरकारका प्रवक्ता समेत रहेकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, सांसद सीता नेपाली, चन्द्रबहादुर शाही लगायतले पनि ओलीको संसद विघटनको खुलेर विरोध गरे ।

मन्त्री विमला केसीले प्रदेशको मन्त्री भएदेखिनै आफुहरु असुरक्षित भएको महशुस गरेको बताइन् । उनले भनिन्, ‘जसका कारण कर्णालीमा ढुक्कका साथ काम गर्ने वातावरण भएन ।’

आज आफ्नै सरकारको विरोधमा बोल्नुपर्ने अवस्था आएको भन्दै मन्त्री केसीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीका कारण संविधान बलात्कार भएको प्र्रति आक्रोश पोखिन् । .dullukhabar

Previous Post

बर्तमान सरकारले नेपाली जनताको मतको कदर गर्न नसकि उल्टै जनतालाई लात हानेको पूर्व साँसद विष्टको आरोप

Next Post

जन्मदिनको अबसरमा ऎश्रर्य मा बि का तीन बिद्यार्थीलाई नगद हस्तान्तरण – बम बहादुर

Next Post

जन्मदिनको अबसरमा ऎश्रर्य मा बि का तीन बिद्यार्थीलाई नगद हस्तान्तरण - बम बहादुर

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal