Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

श्रीमान् परदेशमा, श्रीमती नेपालमै पौरख गरेर कमाउँछिन महिनाको ५ लाख भन्दा बढि-Achhamtoday

Public Dristi by Public Dristi
जनवरी 21, 2021
in कला, कारोबार, ग्लोबल, साामााजिक
253
0
198
SHARES
319
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

परिश्रम गर्ने हाे भने परदेशकाे भन्दा स्वदेशमै राम्राे कमाइ गर्न सकिन्छ भन्ने उदाहरण अचेल गाउँघरतिर धेरै भेटिन थालेका छन् ।

तिनै उदाहरणमध्येकी एक हुन् लमजुङ सुन्दरबजार नगरपालिका–८, डुँड्कुलाकी सिर्जना कमली कार्की । श्रीमान् राजु कार्की लामो समयदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ ।परदेशमा श्रीमानको काम र कमाइ दुवै राम्रै छ । तर श्रीमानको मात्र कमाइको भर गर्नुहुँदैन । समय त्यसै खेर फाल्नु हुँदैन ।

आफूले पनि सकेको श्रम–पसिना बगाएर केही उद्यम गर्नुपर्छ भन्ने सोचेर सिर्जनाले चिती बान्द्रेमा व्यावसायिक कुखुरापालन र तरकारी खेती सुरु गर्नुभएको छ ।त्यसै समय खेर फाल्नुभन्दा केही पौरख गरौँ भनेरै कुखुरापालन गरेको हुँ,’ सिर्जनाले भन्नुभयो, ‘एउटाको मात्र कमाइको भर गर्नु हुँदैन । सबैले सकेको उद्यम गर्नुपर्छ ।

 श्रीमती नेपालमै पौरख गरेर कमाउँछिन

त्यसैले श्रीमानकै सल्लाह र हौसलामा कृषि कर्ममा लागेको हुँ ।’ लमजुङको बेसीशहर नगरपालिका–११, चिती बान्द्रेमा उहाँले चार रोपनी जग्गामा व्यावसायिक रुपमा लेयर्स कुखुरा पाल्नुभएको हो ।नेचरनेष्ट कृषि तथा पोल्ट्री फर्म’ दर्ता गरी उहाँले २०७६ साल वैशाखदेखि २ हजार कुखुराबाट लेयर्स कुखुरापालन सुरु गर्नुभएको हो ।

कुखुरापालनबाट राम्रै आम्दानी भएसँगै उहाँले यस व्यवसायलाई थप विस्तार गर्दै लैजानुभएको छ ।अहिले उहाँको फर्ममा ४ वटा कुखुराको खोर बनाइएको छ ।फर्ममा ९ हजार लेयर्स कुखुरा पालिएका छन् । अहिले दैनिक ६ हजार कुखुराले उत्पादन दिइरहेका छन् । फर्मबाट दैनिक २५ प्याक अण्डा उत्पादन हुँदै आएको छ ।उहाँका अनुसार प्रति प्याकमा २ सय १० वटा अण्डा हुन्छ । प्रति प्याक अण्डा २ हजार ५ सय रुपैयाँमा स्थानीय बजारमै खपत हुँदै आएको छ । कुखुरापालन व्यवसायबाट मासिक ५ लाख हाराहारीमा आम्दानी हुँदै आएको उहाँ बताउनुहुन्छ ।

Previous Post

एक मुट्ठी चामल लियर, अपनाउनुस यो उपय। हुनसक्छ यस्तो लाभ-Achhamtoday

Next Post

अमेरिकाको भिसा खुकुलो बनाउने बाइडेनको तयारी

Next Post

अमेरिकाको भिसा खुकुलो बनाउने बाइडेनको तयारी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal