Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

महिला छनोट टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

Public Dristi by Public Dristi
जनवरी 9, 2025
in खेल
12
0
9
SHARES
14
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

दाङ । लुम्बिनी प्रदेशस्तरीय प्रधानमन्त्री कप महिला छनोट टी(२० क्रिकेट प्रतियोगिता दाङको लमहीमा हुने भएको छ। लुम्बिनी प्रदेश क्रिकेट सङ्घको आयोजनामा आजदेखि २९ गतेसम्म दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा लुम्बिनीका ६ जिल्लाका महिला क्रिकेट खेलाडीको सहभागितामा टी(२० छनोट प्रतियोगिता हुन लागेको हो दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताको उदघाटन खेलमा आज दाङ र पाल्पाबीच प्रतिस्पर्धा हुने लुम्बिनी प्रदेश क्रिकेट सङ्घका सचिव एवं छनोट प्रतियोगिता संयोजक कैलाश रोका मगरले जानकारी दिए।

उनका अनुसार बिहीबार दिउँसो नवलपरासी र बर्दियाबीच खेल हुनेछ। शुक्रबार बाँके—पाल्पा र नवलपरासी— रूपन्देहीबीच खेल हुनेछ।

यसैगरी, पुस २७ गते दाङ र बाँके तथा रूपन्देही र बर्दियाबीच खेल हुने सचिव रोका मगरले जानकारी दिए। उहाँका अनुसार पुस २८ गते समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेताबीच पहिलो सेमिफाइनलको खेल र त्यसपछि समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच दोस्रो सेमिफाइनल खेल हुनेछ। छनोट प्रतियोगिताको फाइनल खेल पुस २९ गते हुनेछ।

प्रतियोगितामा समूह ‘ए’ मा रूपन्देही, नवलपरासी र बर्दिया रहेका छन् भने समूह ‘बी’ मा दाङ, बाँके र पाल्पा रहेका छन्। प्रतियोगिताको मिति र तालिका सार्वजनिक भएसँगै क्रिकेट रङ्गशालामा तयारी तीव्र पारिएको छ। क्रिकेट मैदानको ‘पिच’ मर्मतदेखि आवश्यक तयारी तीव्र पारिएको छ।

क्यानको क्यालेन्डरअनुसार प्रदेश क्रिकेट सङ्घले आयोजना गर्न लागेको छनोट प्रतियोगितामा प्राविधिक सहयोग दाङ क्रिकेट सङ्घले गर्नेछ। प्रतियोगिताका लागि दाङ क्रिकेट सङ्घले केही दिनअघि सरस्वती जिएमको कप्तानीमा जिल्लाको टोली घोषणा गरेको थियो। छनोट प्रतियोगितापछि लुम्बिनी प्रदेशको टोली घोषणा हुनेछ।

प्रधानमन्त्री कप महिला छनोट टी(२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुँदैछ। प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपिएफसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा आठवटै टोलीले एकअर्कासँग खेल्नेछन् र अङ्क तालिकामा शीर्ष चारमा रहने टोली ‘प्ले अफ’ मा पुग्नेछन्। जसमा शीर्ष दुईमा रहने टोलीले पहिलो ‘क्वालिफायर’ खेल्नेछन्। विजेता टोली सिधै फाइनल पुग्नेछ। तेस्रो र चौथो हुने ‘एलिमिनेटर’ खेल्नेछ। यसमा विजयी हुने पहिलो क्वालिफायरमा पराजित हुनेसँग दोस्रो क्वालिफायर खेल्नेछ। एलिमिनेटरको पराजित टोली बाहिरिनेछ। पहिलो र दोस्रो क्वालिफायर विजेताले फाइनल खेल्नेछन्

Previous Post

प्रशासकीय अधिकृतविरुद्ध गरियो मुद्दा दायर

Next Post

मंगलसेन ९ को वलिगाउँमा उन्नत वायुपंखी चुलो बितरण

Next Post

मंगलसेन ९ को वलिगाउँमा उन्नत वायुपंखी चुलो बितरण

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal