Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

प्रदेशसभा पनि भंग गरिदिने ओली समूहको तयारी-अछाम टुडे

Public Dristi by Public Dristi
जनवरी 5, 2021
in राजनीति
50
0
38
SHARES
62
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौँ – सोमबार बिहान विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले अहिलेको राजनीतिक अवस्थामा प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताउनुभयो ।

राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावली अनुसार प्रदेशसभा विघटन हुन सक्ने उहाँको भनाई थियो ।

मन्त्री तुम्बाहाङ्फेले बिहान यसो भनिरहँदा सोमबार दिउँसो ओली सरकारका अर्का मन्त्री लेखराज भट्टले पनि प्रदेशसभा विघटन हुन सक्ने संकेत गर्नुभयो ।

गृहजिल्ला कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री भट्टले अहिले आफूहरु प्रचण्ड–नेपाल पक्षको क्रियाकलापको सुक्ष्म अध्ययन गरिरहेको र स्थायी कमिटि बैठकपछि प्रदेशसभाबारे निर्णय लिने बताउनुभयो ।

प्रचण्ड–नेपाल पक्षले प्रदेश सरकारहरु ढाल्न खोजे प्रदेशसभा नै विघटन हुन सक्ने संकेत मन्त्री भट्टको थियो ।

ओली सरकारका दुईजना मन्त्रीले एकै पटक प्रदेशसभा पनि विघटन हुन सक्ने सार्वजनिक अभिव्यक्ति दिएपछि नेपालको राजनीति थप जटिल मोडमा आइपुगेको छ ।

प्रचण्ड माधव समूहका नेताहरुले प्रदेशसभा पनि विघटन गर्ने धम्की दिइनु निरंकुश प्रवृत्ति रहेकोले यसको जति आलोचना गरे पनि कम हुने प्रतिक्रिया दिएका छन् ।

माधव नेपाल समूका नेता रघुजि पन्तले अल्पमतमा रहेका प्रदेश सरकारहरुको विकल्प आफूहरुले पक्कै खोज्ने तर त्यसको बदलामा प्रदेशसभा नै भंग गरिदिन्छु भनेर कसैले धम्की दिन नपाइने बताउनुभयो ।

प्रदेशसभा पनि विघटन हुन सक्ने सम्भावना रहेको मन्त्रीहरुको अभिव्यक्तिलाई प्रचण्ड–नेपाल समूहका नेताहरुले मुलुकमा संकटकाल लगाउने योजनाका रुपमा पनि बुझेका छन् ।

नेता योगश भट्टराईले प्रधानमन्त्री ओली प्रदेशसभा खारेज गर्ने र मुलुकमा संकटकाल लगाउने योजनामा रहेको आशंका गर्नुभयो । प्रधानमन्त्रीका मान्छेहरुले संघीयता चाहिँदैन भनिरहेको विषय पनि गम्भीर रहेको भट्टराईको भनाई छ ।

तर नेता पन्त भने प्रधानमन्त्री ओलीले संकटकाल लगाए नेपाली जनताले प्रतिकार गर्ने बताउनुहुन्छ । राजा ज्ञानेन्द्रको संकटकाल त भत्काएका जनताले ओलीको संकटकाल नसहने उहाँको दाबी छ ।

यता राजनीतिक विश्लेषकहरुले भने नेकपाका दुई समूहको लडाईले नेपालको राजनीतिक प्रणाली नै ध्वस्त हुने खतरा पैदा भएको बताएका छन् ।

संवैधानिक प्रणालीलाई भताभुङ्ग पार्ने बाटोमा नेकपा भित्रका शक्तिहरु लागिरहेको विश्लेषक लोकराज बरालले बताउनुभयो ।

उहाँले हुदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गरेका बेला उस्तै परे देशसभा पनि भंग गर्न सक्ने आशंकालाई नकार्न नसकिने बताउनुभयो । तर यी घटनाक्रमहरुले संवैधानिक प्रणाली नै भंग हुन सक्ने उहाँको चेतावनी छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव आउन लागेको थाहा पाएपछि संसद् नै विघटन गराउनुभएका प्रधानमन्त्री केपी ओलीले आफूसमर्थक प्रदेश सरकारका मुख्यमन्त्रीहरूविरुद्ध अविश्वास प्रस्ताव आए प्रदेशसभा पनि भंग गरिदिने संकेत मन्त्रीहरुका अभिव्यक्तिहरुमार्फत दिएका छन् ।

नेकपाको ओली समूह सात वटा मध्ये अधिकांश प्रदेश सरकारमा अल्पमतमा छ । प्रदेश सरकारहरु अपदस्थ हुने अवस्था आए प्रदेशसभा नै भंग गर्ने तयारी ओली समूहले गरेपछि भर्खरै बामे सरेको संघीय व्यस्था नै धरापमा पर्ने र संविधान पनि खारेज हुन सक्ने खतराका संकेतहरु नेपाली राजनीतिमा देखा परेका छन् । nepalinetwork

Previous Post

चितवन क्रिकेट एसोसियसन मा बागमती प्रदेश क्रिकेट टिम छनोट

Next Post

भिजिट भिसामा एक पुरुषलाई दुबई लगेर बेच्न खोज्ने एक जना पक्राउ

Next Post

भिजिट भिसामा एक पुरुषलाई दुबई लगेर बेच्न खोज्ने एक जना पक्राउ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal