Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पञ्चदेवल विनायक नगरपालिकामा ४ सय १८ ले रोजगारी पाउँदै, २३ आयोजना छनोट ।

Public Dristi by Public Dristi
जनवरी 4, 2021
in समाज
231
0
180
SHARES
290
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पञ्चदेवल विनायक नगरपालिकामा यस बर्ष ४ सय १८ जनाले रोजगारी पाउने भएका छन् ।

सोमबार बसेको नगर कार्यपालिकाको बैठकले विभिन्न २३ वटा सामुदायिक आयोजना छनोट गरी रोजगार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । यस बर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्राप्त सशर्त बजेट २ करोड १६ लाखबाट नगरका सबै वडामा सामुदायिक आयोजना सञ्चालन गरिने बताइएको छ ।

सोमबारको बैठकले सडक मर्मत, सिँचाइ कुलो निर्माण, विद्यालय घेरापर्खाल निर्माण, गोरेटो बाटो मर्मत, तटबन्ध, खानेपानी मर्मत सम्भार लगायतका आयोजना छनोट गरेको छ । रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगार व्यक्तिहरुमध्ये प्राथमिकीकरणमा परेका व्यक्तिहरुले आफ्नो नजिकको आयोजनामा काम गर्ने व्यवस्था मिलाइएको रोजगार संयोजक भरतराज अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार यस बर्ष पञ्चदेवल विनायक नगरपालिकामा १८ सय व्यक्ति बेरोजगार सूचीमा सूचीकृत भएका छन् । जसमध्ये ३ सय १८ जना कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनामा संलग्न हुनेछन् भने १ सय जना युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामा संलग्न रहनेछन् । रोजगारीमा संलग्न हुने सबैलाई पूरै १ सय दिन काम दिइने र प्रतिदिनको ज्याला ५ सय १७ रुपैया रहने छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले यसबर्षदेखि १ सय दिन रोजगारीमा संलग्न हुने श्रमिकका लागि बीमाको समेत व्यवस्था गरेको हुँदा श्रमिकको सुरक्षामा विशेष ध्यान दिइएको उहाँले बताउनुभयो ।

Previous Post

विनायक २ मा पनि छाउपडी गोठ भत्काउने अभियान चल्दै-अछाम टुडे

Next Post

सोसेक दैलेखद्धारा बिपन्न परिवारलाई सहयोग

Next Post

सोसेक दैलेखद्धारा बिपन्न परिवारलाई सहयोग

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal