माधव तिमिल्सैना
अछामः पन्चदेबल बिनायक नगरपालिका वडा नं १ कुईका गुरुथापेमा रहेको जनता आधारभुत बिद्यालयको १२ औ अभिभावक भेला सम्पन्न भएको छ। विद्यालय ब्याब्स्थापन समिति सदस्य कोकिला देबि तिमिल्सैनाको अध्यक्षतामा भएको भेलाका प्रमुख अथिती पन्चदेबल बिनायक नगरपालिका १ का वडाध्यक्ष लक्ष्मिकान्त देबकोटा रहनु भयको थियो।
यस्तै बिशिष्ट अथितीमा दुर्गा प्रसाद तिमिल्सैना रहनुभएको थियो । अन्य अतिथिमा सब डिभिजन बन कार्यलयका फरेस्टर चन्द्रकान्त उपाध्याय, रेडियो पन्चदेबलका सागर देबकोटा, नेकपाका प्रसाद तिमिल्सिना, नेपाली काङ्ग्रेसका राम प्रसाद तिमिल्सैना, तारा प्रसाद तिमिल्स्सैना, कृष्ण प्रसाद तिमिल्सैना, भवानी प्रसाद तिमिल्सैना, लगायत रहेका थिए। भेलामा ७ लाख १४ हजार ५ सय ४७ रुपियाँ बराबरको आर्थिक आय.ब्याय बिधालयका प्रधाननध्यापक सुर्य प्रसाद तिमिल्सैनाले प्रस्तुत गर्नु भएको थियो।
यस्तै दुर्गा प्रसाद तिमिल्सैनाको अध्यक्ष्तामा नौ सदस्यीय बि.व्य.स.चयन गरिएको छ। प्रमुख अतिथिको आसनबाट बोल्दै १ नम्बर वडाका अध्यक्ष देबकोटाले बिधालयको लागि आफ्नो कार्यकाल सम्म बिधालय लाई पहिलो प्राथमिक्ता दिने भनाई राख्न’भएकोे थियो । बिधालयका शिक्षिका जमुना देबि ढकालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन भोजराज तिमिल्सैनाले गर्नु भएको थियो।


Discussion about this post