Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

रास्वपा महामन्त्रीमा भूपदेव शाहको चर्चा,अछाम उपसभापति भन्छन्,सुदूर र कर्णालीलाई न्याय

Public Dristi by Public Dristi
अगस्ट 26, 2026
in प्रदेश
70
0
55
SHARES
88
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

रास्वपा केन्द्रीय सदस्य भूपदेव शाह महामन्त्री बन्ने पक्का पक्की जस्तै भएको छ। पूर्व महामन्त्री भैसकेका भूपदेव पुनः रास्वपा महामन्त्री बन्ने पक्का पक्की भएको हो।

भूपदेवलाई पुनः महामन्त्रीमा नियुक्त गर्ने विषयमा पार्टी सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेनद्र शाहबीच मोटामोटी सहमति भएको रास्वपाका एक प्रभाशाली नेताले सरजु अनलाईनलाई बताए ।
उनले भने, ‘पार्टी सभापति रवि लामिछाने र बरिस्ठ नेता बालेन्द्र शाहबीचको छलफलबाट मनोनितको कामलाई अन्तिम रूप दिने तयारी भइरहेको छ।’

सत्तारूढ रास्वपाको यही भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकले मनोनित केन्द्रीय सदस्य र विभागीय प्रमुखहरूको मात्रै जिम्मेवारी टुंगो लगाएको छ। पदाधिकारी मनोनित गर्न बाँकी छ। रास्वपा विधान अनुसार एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री नियुक्त गर्ने व्यवस्था छ।

यही विधान व्यवस्था अनुसार दुई महामन्त्री पदमा विपीन आचार्य यश अघि महामन्त्रीमा निर्वाचितभैसकेका छन् भने उनी पार्टी सभापति लामिछानेका विश्वास पात्र हुन्। र मनोनित महामन्त्री पदमा भूपदेव शाहलाई नियुक्त गरेर पार्टी भित्र सन्तुलन मिलाउने गरि तयारी भइरहेको छ।

रास्वपाको महामन्त्री मनोनितको विषयमा अछाम उपसभापति टंकबहादुर धामी भन्छन् , ‘रास्वपा महामन्त्रीमा भूपदेव शाहको नियुक्ति सुदूर र कर्णालीका लागि ठूलो न्याय हुन्छ।’ सुदूर र कर्णालीमा रास्वपालाई स्थापित गर्न भूपदेवकोे ठूलो योगदान भएकोले पार्टीले न्यायोचित निर्णय गर्नेमा आफूहरू विश्वस्त भएको उपसभापति धामी बताउँछन् ।

रास्वपाका हाल केन्द्रीय सदस्य तथा पूर्व महामन्त्री हुन्, भूपदेव शाह। प्रधानमन्त्री बालेन्द्र शाहलाई काठमाडौ महानगरको सफल नगर प्रमुख बनाउने खास सारथि हुन्। प्रधानमन्त्री बालेन मेयर बन्दा त्यति सहज थिएन।परम्परागत दल कांग्रेस एमालेहरूको काठमाडौमा ठूलो दबदबा थियोे । यस्तो प्रतिकूल राजनीतिक वातावरणमा पनि बालेन्द्र शाहलाई मेयर बन्न मात्रै होइन, सफल मेयर बन्नमा उनको ठूलो योगदान रह्यो ।

सार्वजनिक जीवनमा कम देखिन तर,निर्णायक भूमिका रहने भूपदेव हाल करिब दुई तिहाइ बहुमत प्राप्त रास्वपाका जग हाल्ने नेता हुन्। प्रधानमन्त्री बालेन्द्रका खास विश्वास पात्र भूपदेव अछाम २बाट रास्वपाको उम्मेदवार बनेका थिए। यद्यपि उनी गएको फागुन २१ को निर्वाचनमा विजयी हुन सकेनन् ।

अछामको मंगलसेन नगरपालिका–४ का स्थायी घर भएका भूपदेव रास्वपाका बरिस्ठ नेता बालेन्द्र शाहलाई काठमाडौं महानगरको मेयरदेखि हालको प्रधानमन्त्री बन्नसम्म अतुलनीय योगदान गरेका युवा नेता हुन्।

Previous Post

युवा संजालको अध्यक्षमा सागर देवकोटाको उम्मेदवारी, सार्वजनिक गरे ५ बुँदे मुख्य प्रतिबद्धता

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal