काठमाडौँ, ११ वैशाख । नेपाल सरकार, गृह मन्त्रालयले अछाम जिल्लास्थित इलाका प्रशासन कार्यालय, बिनायकको कार्यालय प्रमुखको जिम्मेवारी नायब सुब्बा ना.सु मन बहादुर बडुवाललाई सुम्पिएको छ।
मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाद्वारा जारी पत्रअनुसार, उक्त कार्यालयमा राजपत्राङ्कित तृतीय श्रेणीको कार्यालय प्रमुख हाजिर नभएसम्मका लागि बडुवाललाई सो जिम्मेवारी दिइएको हो।
नवनियुक्त जिम्मेवारीसँगै बडुवाललाई प्रचलित आर्थिक ऐन, नियम र कानुनको अधिनमा रही प्रशासनिक तथा आर्थिक कारोबार सञ्चालन गर्ने पूर्ण अधिकार प्रदान गरिएको छ।
मन्त्रालयको मिति २०८३-०१-१० गतेको सचिवस्तरको निर्णयअनुसार उनलाई यो जिम्मेवारी तोकिएको शाखा अधिकृत सन्देश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ।
बडुवाल हाल सोही कार्यालयमा कार्यरत रहेका थिए। गृह मन्त्रालयले यस निर्णयको बोधार्थ जिल्ला प्रशासन कार्यालय, अछाम र इलाका प्रशासन कार्यालय, बिनायकलाई समेत पठाएको छ।


Discussion about this post