दिनेश के.सी अछाम
अछाममा विनायक–कुइका–कमलबजार सडक खण्ड स्थानीय द्वारा अवरुद्ध गरिएको छ।
कमलबजार नगरपालिका र पञ्चदेवल विनायक नगरपालिका जोड्ने वैकल्पिक सडक काठेसिमल क्षेत्रमा ठूलो पर्खाल निर्माण गरिएपछि पूर्ण रूपमा बन्द भएको हो ।
यसका कारण पञ्चदेवल विनायक–१, २ तथा कमलबजारका चाल्स र कुइकाका स्थानीय प्रत्यक्ष प्रभावित भएका छन्। आवतजावतका लागि लामो तथा घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ।
केहि दिन अगाडि लालुराम ढकालको फेसबुक पेजमा भिडियो सञ्जाल मार्फत सार्वजनिक गर्दै बिना कारण सडक अवरुद्ध गरिएको उल्लेख गरिएको छ।
सामाजिक सञ्जालमा राखिएको भिडियाे मा आफुलाई सडक नचाहिने बताइएको छ । आफू तराई तिर बस्ने भएकाले सडक नचाहिने भन्दै अवरुद्ध गरिएको भिडियो मार्फत प्रस्ट देखिन्छ ।
सडक बन्द हुँदा पशु चौपायालाई वन लैजान समेत कठिन भएको छ। यति गम्भीर समस्या हुँदा पनि सम्बन्धित जनप्रतिनिधि मौन देखिँदा स्थानीयमा आक्रोश बढ्दो छ।
प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाले स्थानीय तह र प्रहरी परिचालन गरी तत्काल सडक खुलाउने बताएका छन्।


Discussion about this post