Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछामका योजनाहरूको अनुगमन तीव्र, जिसस अछामद्वारा पञ्चदेवल विनायकमा स्थलगत अनुगमन

सागर देबकोटा by सागर देबकोटा
जुन 24, 2025
in विशेष
15
0
11
SHARES
18
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

विनायक,अछाम । जिल्ला समन्वय समिति ९जिसस० अछामले जिल्ला भित्र सञ्चालनमा रहेका विकास योजनाहरूको अनुगमन कार्यलाई तीव्रता दिएको छ। उपप्रमुख दानमती बम शाहीको संयोजकत्वमा मङ्गलवार पञ्चदेवल विनायक नगरपालिकामा निर्माणाधीन योजनाहरूको स्थलगत अनुगमन गरिएको हो।

समितिका अनुसार पञ्चदेवल क्याम्पसमा निर्माण भइरहेको भवन, विद्यामन्दिर नमुना माविको खेलमैदान, कुइका स्वास्थ्य चौकी, तथा निर्माण कार्य अवरुद्ध भएको कालेकाँडाको वडा कार्यालय लगायतका योजनाहरूको अनुगमन गरिएको हो।

अनुगमनका क्रममा योजनाहरू प्राविधिक स्टिमेट अनुसार सम्पन्न भएका छन् वा छैनन् भन्ने, कामको गुणस्तर, सामग्रीको प्रयोग लगायतका पक्षहरूबारे नाप जाँच गरिएको नायव सुब्बा अमर जैशीले जानकारी दिए।

योजनाको समग्र प्रगति सन्तोषजनक रहेको जसमा कार्यरत सब इन्जिनियर बागेश्वरी जैशीले बताइन्। उनका अनुसार पञ्चदेवल विनायक नगरपालिकाभित्रका अधिकांश पूर्वाधार योजनाहरू निर्धारित मापदण्ड अनुसार अगाडि बढिरहेका छन्।

अनुगमन टोलीमा जिसस उपप्रमुख शाही, नायव सुब्बा जैसी, सब इन्जिनियर बागेश्वरी जैसी, पञ्चदेवल विनायक नगरपालिका सब इन्जिनियर गोकर्ण प्रसाद तिमिल्सैना, तथा पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति सदस्य दिनेश केसीको सहभागिता रहेको थियो।

जिसस अछामले यसअघि रामारोशन गाउँपालिका, कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकाका योजनाहरूको अनुगमन गरिसकेको र अब जिल्लाका सबै स्थानीय तहमा पुगेर अनुगमन गरिने जानकारी दिएको छ।

Previous Post

मंगलसेन पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा

Next Post

दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुनेगरी काम गरिने छ- प्रधानमन्त्री

Next Post

दैलेखको मिथेन ग्यास आगामी वर्षभित्र उत्पादन हुनेगरी काम गरिने छ- प्रधानमन्त्री

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal