टंक प्रसाद रिमाल
बैशाख २, अछम ।
पतन्जली योग समिति अछामले आध्यात्मिक नेतृ साध्वी देवादितीलाई अछाममा स्वागत गरेको छ। पतन्जली योग समिति नेपाल कि केन्द्रिय प्रभारी समेत रहेकी साध्वी हरिद्वार बाटै कालिकोटका लागि योग शिबिर संचालन गर्न आफू अछाम पुगेको बताएकी छन।

पतन्जली योग समिती अछाम संगको साक्षत्कारमा साध्वीले- कर्तब्य पूर्ण गर्नको लागि संसार र सुख प्राप्तिको लागि भगवान भए जस्तै मानव जीवनलाइ सन्तुलन राख्नको लागि योग महत्त्वपूर्ण रहेको बताएकी छन। ध्यान अभ्यासले पापहरू भस्म भएर शारीरिक र मानसिक रोगहरू स्वतः नै दूर हुने उनको दाबी छ ।

उनको भनाइमा योग केवल आत्म-साक्षात्कारको माध्यम मात्र नभई मनुष्यलाई आरोग्य लाभ पनि प्रदान गर्छ। अधिकांश रोग मानसिक तनावका कारण हुने भएकाले योग अभ्यासले नैतिकता र आत्मशुद्धिमा मद्दत गर्छ।
उनको विचारमा, योगले जीवनमा पूर्ण सन्तुलन ल्याउँछ। योगको अभ्यासले सत्व, रजस र तमस सन्तुलित भएर मानव जीवनका प्रत्येक पक्षमा सन्तुलन ल्याइ सुख र समृद्धि प्रदान गर्ने भन्दै उनले आफ्नो धारणा राखेकी थिइन ।

साध्वी देवादिती एक आध्यात्मिक नेतृ हुन जस्ले नेपाल र भारतमा योग, ध्यान र आध्यात्मिक शिक्षाको प्रवर्द्धनमा सक्रिय रूपमा संलग्न छन । उनी पतञ्जलि योगपीठ सँग आबद्ध छन र नेपालमा महिला पतञ्जलि योग समिति नेपालको केन्द्रीय प्रभारीको रूपमा कार्यरत छन ।
पतन्जली योग समिति अछामका प्रभारी जय बहादुर बोगटि र महिला योग समितिको पहलमा योग सम्बद्ध ब्यक्तिहरुले उहालाइ आज अछामको सदरमुकाम मंगलसेनमा स्वागत र उहाँ संग साक्षत्कार गरि कालिकोटका लागि बिदाइ समेत गरेको छ ।


Discussion about this post