Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सुदूरपश्चिम प्रदेशको बजेट कहिले हुन्छ पास

Public Dristi by Public Dristi
सेप्टेम्बर 21, 2024
in प्रदेश
15
0
11
SHARES
18
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेट पास भएको छैन्। सोमबार आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा पेस गरेको चालु आर्थिक वर्षको बजेट अहिलेसम्म पास हुन सकेको छैन्।

असार १ गते अघिल्लो सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि अहिलेको सरकारले असार १ गते प्रस्तुत बजेट फिर्ता लिएर चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि मात्र अर्को बजेट ल्याएको हो। तर बजेटमाथि घनीभुत रुपमा छलफल हुन सकेको छैन्। दुई महिनादेखि बजेट शून्यतामा रहेको सुदूरपश्चिमले कहिलेसम्म बजेट शून्यताबाट पार पाउँछ भन्ने यकिन छैन।


प्रदेश सभा सचिवालयले बिहीबार सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेका लागि बैठक आव्ह्रान गरेको थियो। तर शुक्रबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलहरु कांग्रेस र एमालेकै सांसदहरुले समेत बजेट तथा कार्यक्रमहरुको विनियोजन न्यायोचित नभएकाले यथास्थितिमा पारित गर्न नसकिने अडान लिएपछि पूर्वनिर्धारित बैठक स्थगित गरिएको थियो।


एमाले र नागरिक उन्मुक्ति पार्टीको साझेदारीमा कांग्रेस नेतृत्वको वर्तमान सरकारले चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट ल्याएको छ। एउटै आर्थिक वर्षका लागि प्रदेश सभामा दुई पटक बजेट पेस गरिएको छ।


यसअघि चालु आर्थिक वर्षकै लागि असार १ गते तत्कालिन एमालेबाट आर्थिक मामिला मन्त्रीका हैसियतले सुरेन्द्रबहादुर पालले बजेट प्रस्तुत गरेका थिए भने सोमबार आर्थिक मामिला मन्त्री रहेका कांग्रेसका बहादुरसिंह थापाले बजेट वक्तव्य प्रस्तुत गरेका हुन्। तर बजेट पास गर्ने मिति टुंगो नलाग्दा अन्योल बढेको छ।

प्रदेश सभामा प्रस्तुत बजेटमाथिको छलफल अनिश्चित भएको सुदूरपश्चिममा दलहरुले शनिबारदेखि छलफल सुरु गर्ने समझदारी गरेका छन्। सत्तारुढ दलकै सांसदहरुले बिचौलियाको चलखेलमा बजेट निर्माण भएको भन्दै विरोध गरेपछि शुक्रबारका लागि पूर्वनिर्धारित बैठक स्थगित भएको थियो। शुक्रबारदेखि बजेटमाथि छलफल गर्ने भनिए पनि सत्तारुढ दलहरुबिचकै मतभेदका कारण बैठक बस्न सकेको थिएन।

Previous Post

स्थानीय तहको स्वमूल्याङ्कनमा ७१ अंक प्राप्त गर्दै द्रोस्रो बन्यो पञ्चदेवल बिनायक नगरपालिका

Next Post

बाढीपीडितलाई अछाम काठमाडौं सम्पर्क समितिको आर्थिक सहयोग

Next Post

बाढीपीडितलाई अछाम काठमाडौं सम्पर्क समितिको आर्थिक सहयोग

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal