Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

भ्यालेन्टाइन डे कस्को लागि मनाउने ? प्रदीप भट्ट

Public Dristi by Public Dristi
फेब्रुअरी 7, 2024
in विचार
44
0
34
SHARES
55
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

प्रदीप भट्ट _ केही वर्षअघि रोमनका राजा क्लोडियसले कुनै पनि सैनिकले विवाह नगरुन् भन्ने उर्दी जारी गरेका थिए ।

सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए। पादरी भ्यालेन्टाइन भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवैजनाको अलग–अगल विचार ठूलो विवादको विषय बनेको थियो । त्यहाँ प्रेम र विवाहलाई प्रतिबन्ध लगाइएका सम्राटको राजाज्ञा थियो ।

राजाज्ञाको उर्दी अस्वीकार गरी भ्यालेन्टाइन पादरीले विवाह गराए । फलस्वरूपः राजाको निषेधाज्ञा तोडेको आरोपमा ई।पू। २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि प्राण उत्सर्ग गर्ने उनै पादरीको सम्झना नै भ्यालेन्टाइन दिवस मनाउने गरिन्छ । यसरी सुरुवाती कालमा फेव्रअरी १४ भ्यालेन्टाईनले प्राण त्याग गरेको दिनलाई संम्झना गर्न थालियो र पछिल्लो समय यसैलाई विशेष उत्सवको रुपमा समेत मनाउन थालियो । केही सिमित युगल जोडीहरुको प्रेममिलन गरिदिएता पनि त्यो समयको कानुन अनुसार उनी अपराधी थिए । अच्चमको कुरा १

हामी फेव्रअरी १४ लाई किन उत्सवको रुपमा मनाउन्छौ पादरीले प्राण त्याग गरेको उपलक्ष्यमा या प्रेमको मिलन भएको उपलक्ष्यमा युगल जोडिको मिलन भएको संम्झनामा हो भने १४ फेव्रअरीमा भ्यालेन्टाईन लाई मृत्युदण्ड दिईएको थियो कुनै संम्मान होईन।

यदी, पादरीको मृत्युदण्ड दिईएको उत्सव मनाइएको हो भने किन पुष्पराज रातो गुलावको प्रयोग गरिन्छ । शोकको प्रतिक सेतो गुलाव होइन र रु प्रेम अपनत्वको भाव हो । “प्रेम” मजबूत स्नेहको एक भावना र व्यक्तिगत लगाव हो । प्रेमले एक आर्का लाई संमान गर्छ ।

प्रेम हुन भ्यालेन्टाईन डे नै पर्खिनु पर्ने पनि छैन प्रेमको परिधी व्यापक छ निश्चित घेरा भित्र प्रेम कहिल्यै रहदैन यस्का लागि कुनै दिवस आवश्यक नै छैन त्यो पनि भ्यालेन्टाईन डे झनै आवश्यक छैन । इसाई सन्ट भेलेन्टीनोको वियोगान्तमा पश्चिमा जगतमा भेलेन्टाइन मनाइन्छ। यहाँ कस्को को मरेको छ भ्यालेन्टाइन मनाउँनलाई रु

पश्चिमा जगतले हाम्रो पुर्वीय समाज जहाँ सनातन परम्परा ,संस्कृतीको आफ्नै महत्व छ ,शास्त्रीय आधारमा तयार भएका कयौ पर्व छ्न तिनिहरु लाई तोडन यस्ता गुलाफ डे ,हक डे,चकलेट डे जस्ता वाईयाद डे हरु मनाउन प्रेरित गरिरहेका छ्न ।

उनिहरुको पछाडी हामी वास्तविकता नबुझी दौडिरहेका छौ । हामिलाई हाम्रो देशको इतिहास धर्म ,संस्कृती यहाँको परम्परा रितिरिवाज जानकारी हुन छोड्यो ।

अहिलेको युवालाई यो देश एकीकरण गर्ने पृथ्वीनारायण थाहा छैन ,माता सीता ,भृकुटी ,अरनि ,फाल्गुन्द,बुद्ध ,भानुभक्त जस्ता अनेकन माहापुरुस थाहा छैन उनिहरुको योगदान था छैन । यो रास्ट्र बनाउन र बचाउन उहाँहरुले गरेको भुमिका थाहा छैन ।

थाहा छ त केवल भ्यालेन्टाइन डे,मार्क्सको ,लेनिनको जन्म जयन्ती जो न यो देशमा जन्मे ,न उहाँको यो देश निर्माण गर्नमा कुनै भुमिका छ । युवा देशको वर्तमान मात्र नभएर भविस्य पनि हो साथै समृद्ध रास्ट्र निर्माणको आधार पनि हो । त्यसैले हामिले सत्य बुझ्ने प्रयास गर्नुपर्छ ।

आफ्नो पनमा रमाउनु पर्छ गौरव गर्नु पर्छ तब मात्र देश परम वैभव युक्त हुन्छ ।

त्यसैले भर्ममा नपरि आयातित दिवस हरुमा रमाउने होइन रमाउनु नै छ ,मनाउनु नै छ भने आउदै गरेको सरस्वती पुजा ,शिवरात्री ,नयाँ बर्ष ९ बि।स०,होलि ,मातातिर्थ औसि ,बुद्ध जयन्ती ,पृथ्वी जयन्ती, तिज दशै जस्ता पर्व मनाउ जस्ले यो देशको मुल्यमान्यता बोकेको छ त्यसलाई उत्साहका साथ मानाउ ।तर पश्चिमाहरुले आफ्नो सँस्कृति जवरजस्त विश्वव्यापी रुपमा फैलाउन थोपारीएको डिजाइन बुझौ अन्धभक्त नभर नबुझेर कुनै पर्व दिवस ,जन्म जयन्ती अनुशरण गरिरहनु मनाईराख्नु आवश्यक छैन ।

आफ्नो धर्म ,सस्कृती ,परम्परा ,पर्बको सम्मान र संरक्षण गर्नुमा नै तपाई हाम्रो अनि देशको भलो हुन्छ ।त्यसैले हाम्रो देशको सन्दर्भमा भ्यालेन्टाईन डे मनाउन आवश्यक छैन ।

Previous Post

नेविसंघका नेता बिकद्धारा अछामका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Next Post

अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने

Next Post

अछामले प्रतिव्यक्ति २५ किलो चामल उपलब्ध गराउने

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal