Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राजसंस्थाको बहस, एमाले नेताहरुले के भने?

Public Dristi by Public Dristi
जुन 26, 2021
in राजनीति
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौँ – नेपालका सत्ताधारी र विपक्षी दलहरुले राजसंस्थाप्रतिको बहसलाई फेरि एकपटक राजनीतिको केन्द्रमा ल्याएका छन् ।अहिलेको राजनीतिक प्रणालीप्रति दिक्दारी जनाएर नेताहरुले राजसंस्थाप्रतिको बहसलाई कुनै न कुनै रुपमा स्थान दिँदै आएका थिए ।

अब त दलका शीर्ष नेताहरु गणतन्त्रको राष्ट्रपति भन्दा राजा नै ठीक भन्न थालेका छन् । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राष्ट्रपति संस्था भन्दा त उहिलेका राजाहरुकै शान थियो भनेपछि राजससंस्थाप्रतिको बहस फेरि सतहमा आएको हो ।

प्रचण्डको यो अभिव्यक्तिलाई सत्तारुढ नेकपा एमालेका नेताहरुले प्रतिवाद गरेका छन् । एमालेका प्रभावशाली नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट पूर्व राजालाई गुहार्ने काम पनि पूरा भएको आरोप लगाउनुभयो ।

बिहीबार सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले ‘अहिलेको राष्ट्रपति संस्थाभन्दा त उतिबेलाका राजा नै ठीक’ भन्दै अभिव्यक्ति दिनुभएको हो ।प्रचण्डले राजा नै ठीक भनेर दिएको अभिव्यक्ति गणतन्त्रकै लागि खतरनाक रहेको एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई छ ।

उहाँले अहिले राष्ट्रपतिलाई चिथोर्ने प्रतिस्पर्धा चलेको टिप्पणी गर्नुभयो । रिसाएको बिरालोले खाँबो चिथोर्छ भनेझैँ राष्ट्रपतिलाई जसले गाली गर्न सक्छ, त्यो ठूलो हुने प्रतियोगिता नै चलेको उहाँले बताउनुभयो ।

विपक्षीहरु राष्ट्रपति भन्दा त राजा नै ठीक रहेको भन्नेसम्म पुगेको प्रधानमन्त्रीले बताउनुभयो ।विपक्षी गठबन्धनले असभ्य समाज बनाउन चाहेको प्रधानमन्त्रीको आरोप छ । उहाँले २० मन्त्रीहरु पदमुक्त भएको विषयमा सर्वोच्च अदालतले सेटिङमा फैसला गरेको त होइन भन्ने प्रश्न पनि उठाउनुभयो ।

सर्वोच्च अदालतले पछिल्लो पटक थपिएका मन्त्रीहरुलाई काम गर्न रोक लगाउनु अघिल्लो दिन नै प्रचण्डले धादिङमा बोलेको भन्दै उहाँले सेटिङको आशंका गर्नुभएको हो ।भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन नै धादिङमा स्याल कसरी करायो भन्ने विषय गम्भीर रहेको प्रधानमन्त्रीको भनाई छ ।

विपक्षी गठबन्धनका नेताहरुको सक्रियताले गणतन्त्र नै खतरामा परेको आरोप सत्तापक्षले लगाइरहेको छ भने यही आरोप सत्तापक्षले विपक्षी गठबन्धनलाई लगाइरहेको छ ।दुवै पक्षले प्रणाली उल्टाउन खोजेको आरोप एकअर्कालाई लगाइरहेका बेला राजसंस्थाप्रतिको बहसले स्थान पाएको हो । राजनीतिक विश्लेषक डा। सुरेन्द्र केसीले नेताहरुका अभिव्यक्ति सुन्दा राजनीतिक परिस्थितिमा फेरबदल गर्ने योजना बनिरहेको संकेत दिइरहेको बताउनुभयो ।

दलका नेताहरुले राजसंस्थालाई प्रेत संस्थाको रुपमा व्याख्या गर्ने गरेका थिए । सामान्य नेपाली नागरिकको हैसियतमा रहेका पूर्व राजपरिवारका सदस्यहरु होटेलमा गएर रमाइलो गरेको विषयमा प्रचण्डले सार्वजनिक मञ्चबाट गम्भीर आपत्ति प्रकट गरेको विषयले चर्चा पाएको थियो ।

Previous Post

जनता समाजवादी पार्टी अछामका जिल्ला अध्यक्षलाई ज्यान मार्ने धम्कि

Next Post

नेपालमा अझै तीन दिन भिषण बर्षाको सम्भावना, सतर्क रहन आग्रह

Next Post

नेपालमा अझै तीन दिन भिषण बर्षाको सम्भावना, सतर्क रहन आग्रह

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal