Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

उपभोक्ताका घरघरमै दाउरा पुर्याउँदै कञ्चनपुरको एक सामुदायिक वन

Public Dristi by Public Dristi
डिसेम्बर 6, 2020
in समाज
17
0
14
SHARES
22
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कञ्चनपुर : वन पैदावारमा हानी नोक्सानी हुन नदिनका लागि कञ्चनपुरको झिलमिला सामुदायिक वनले उपभोक्ताको मागअनुरूप दाउरा घरघरमै पुर्याउने काम गर्दै आएको छ ।

शुक्लाफाँटा नगरपालिका–१ गणेशपुर र कृष्णपुर नगरपालिका–२ बङ्कसम्म फैलिएको सामुदायिक वनले वन संरक्षणका लागि कार्यान्वयनमा ल्याएको नयाँ कार्ययोजनाअनुसार दुवै नगरपालिकाका उपभोक्ताको  घरघरमै दाउरा पुर्याउँदै आएको हो । उपभोक्ता आफैँले वन क्षेत्रमा छिरेर दाउरा सङ्कलन गर्दा वन पैदावारसँग जीवजन्तुका बासस्थानमा असर पर्ने भएको हँुदा उपभोक्ताले माग गरेअनुरूपको दाउरा घरसम्मै ढुवानी गर्दै आएको सामुदायिक वनका अध्यक्ष अर्जुनबहादुर साउदले बताए । 

“वन कार्ययोजनाअन्तर्गत वार्षिकरूपमा वन व्यवस्थापनका क्रममा झाडी सफाइ गर्ने, एक्ल्याउने, पत्ल्याउने र ढलापडा रुख सङ्कलन गरेवापत सङ्कलन हुने दाउरा उपभोक्तालाई उपलब्ध गराउँदै आएका छौँ”, उनले भने, “उपभोक्ताको आर्थिक हैसियतले भ्याउने गरी  प्रतिडनलव दाउरा एक हजार ६१० रुपैयाँमा उपभोक्ताको घरमै उपलब्ध हुँदै आएको छ ।” 

अनावश्यकरूपमा वन प्रवेशमा रोक लगाइएपछि वन संरक्षण र वन्यजन्तुको बासस्थान जोगाउन मद्दत पुगेको उनले बताए । दाउरा वनमै उपभोक्तालाई सङ्कलन गर्न दिँदा विगतमा चोरी सिकारी र काठ दाउरा तस्करी बढ्दो क्रममा रहेको थियो । त्यो कामसमेत पूर्णरूपमा रोकिएको छ । “पहिलाजस्तो काठ दाउरा ल्याउन परे वनमा जानै पर्दैन”, अध्यक्ष साउदले भने, “लोड–अनलोड, कटान र ढुवानी सबै वनले नै गरिदिन्छ ।” 

उपभोक्ताको घरमै पुगेर दाउरा भए/नभएको जानकारी लिनसमेत भ्याउने भएकाले सोहीअनुरूप वनमा दाउराको व्यवस्थासमेत मिलाउने गरिएको छ । वनले दाहसंस्कारका लागि उपभोक्तालाई निःशुल्क दाउरा उपलब्त्त गराउँदै आएको छ । दुई नगरपालिकामा फैलिएको वनमा चारवटा टोल छन् ।

साढे तीन सयभन्दा बढी उपभोक्ता रहेको वनले उपभोक्ताको मागअनुसार बेलाबेलामा भुइँघाँस रुखघाँससमेत उपलब्ध गराइरहेको छ । यसका लागि प्रतिभारी रु १० तोकेको छ । दुई सय हेक्टर क्षेत्रफलमा फैलिएको वनले गणेशपुर, ओखरफाँटा, नन्दीपुर र सन्धिफाँटाका उपभोक्तालाई संरक्षण र उपयोगमा सँगसँगै जोडेको छ ।

Previous Post

बोगटानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप दुर्घटना

Next Post

अभिनेत्री स्वेता खड्काले विवाहको अघिल्लो दिन भावुक सन्देश लेखेकी छिन्।

Next Post

अभिनेत्री स्वेता खड्काले विवाहको अघिल्लो दिन भावुक सन्देश लेखेकी छिन्।

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal