Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कश्मीरका पृथकतावादी नेता गिलानीको निधन

Public Dristi by Public Dristi
सेप्टेम्बर 2, 2021
in ग्लोबल
2
0
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाण्डौ – कश्मीरका पृथकतावादी नेता सैयद अली शाह गिलानीको निधन भएको छ । ९२ वर्षको उमेरमा श्रीनगरमा रहेको आफ्नै घरमा उहाँको निधन भएको हो ।

तीन दशकभन्दा लामो समयदेखि कश्मीरलाई भारतबाट अलग राख्नु पर्ने अडान राख्दै अभियान चलाएका गिलानी १५ वर्षसम्म पूर्व जम्मु कश्मीर राज्यको ८७ सदस्य रहेको विधान सभाका सदस्य रहनु भएको थियो । सन् १९८९ मा सशस्त्र द्वन्द्व पछि उहाँसहित चार जमात नेताले राजीनामा दिएका थिए ।

उहाँले प्रतिनिधित्व गर्ने जमात ए इस्लामीमाथि भारतले प्रतिबन्ध लगाएको छ । भारतले गिलानीमाथि पाकिस्तानसँग मिलेर कश्मीरमा पृथकतावादी आन्दोलन भड्काइरहेको आरोप लगाउँदै आएको थियो । यही कारण गिलानीमाथि देशद्रोहको मुद्दा पनि चलाइएको थियो ।

भारत सरकारले सन् १९८१ मा उहाँको पासपोर्ट पनि जफत गरेको थियो । तर, सन् २००६ मा हज यात्राका लागि भन्दै गिलानीलाई पासपोर्ट दिइएको थियो । गिलानीले कश्मीरलाई भारतको भाग नमानेकै कारण उहाँमाथि भारतले दबाब बढाएको उहाँका समर्थकको भनाइ छ ।

उहाँको निधनमा पनि कश्मीरको सुरक्षा व्यवस्था कडा पारिएको छ भने त्यहाँ इन्टरनेट सेवा बन्द गरिएको छ । त्यहाँ कर्फ्युसमेत लाग्न सक्ने स्थानीय प्रहरीले जनाएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गिलानीको निधनप्रति दुस्ख व्यक्त गर्दै एक दिनका लागि शोक र झण्डा आधा झुकाउने घोषणा गर्नु भएको छ ।

Previous Post

एमाले विभाजनको असर स्थानीय तहमा साठी–चालिस

Next Post

पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयाे

Next Post

पोखरामा पहिरोले घर बगाउँदा दुई जनाको ज्यान गयाे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal