Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

दैनिक उपभोग्य सामान किन्न जोखिम मोलेर डुङ्गामा यात्रा

Public Dristi by Public Dristi
अगस्ट 19, 2021
in विशेष
2
0
2
SHARES
3
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कैलालीको दुर्गम पहाडी क्षेत्र मोहन्याल गाउँपालिका–३ को ४ वटा गाउँका बासिन्दाहरू पुल नहुँदा जोखिम मोलेर डुङ्गाबाट कर्णाली तर्ने गरेका छन् ।भेरीमा स्वास्थ्यकर्मी कुट्ने मुख्यमन्त्रीका ुविश्वासपात्रुकालिज व्यवसायमा रमाएका तीन सरकारी जागिरेपूर्वमन्त्री झाले कुटे रेलका कर्मचारी

राँगा मलेखा, चावा र ताम्चा गाउँका बासिन्दा दैनिक उपभोग्य सामान लिन कर्णाली नदिमा पुल नहुँदा डुङ्गा चढेर सुर्खेतको चौकुने जान बाध्य भएका हुन्। स्थानीयलाई सामान्य किनमेलदेखि शिक्षा,स्वास्थ्य उपचार लगायतका सेवा लिन कर्णाली प्रदेशस्थित सुर्खेतको चौकुने गाउँपालिका पुग्नुपर्ने बाध्यता छ ।

मोहन्याल गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालय फल्ले बिसौनीमा छ। राँगा, मलेखा, चावा र ताम्चाका बासिन्दालाई वडा कार्यालय पुग्न दुई दिनसम्म लाग्छ। यहाँबाट कर्णाली तरेर आधा घण्टामा चौकुने गाउँपालिका पुगिन्छ।

गत साउन १७ गते कर्णाली नदीमा डुङ्गा दुर्घटना भएपछि अहिले मोहन्याल– ३ का महिलाहरू तीन किलोमिटर हिँडेर झोलुङ्गे पुल हुँदै चौकुने जान्छन् । पौडिन सक्ने युवाहरू भने अहिले पनि डुङ्गाबाटै कर्णाली तरिरहेका छन् ।

‘खाद्यान्न किनमेलका लागी पनि हामी सुर्खेतको चौकुने नै पुग्नुपर्छ,यहाँ सुविधा छैन’,मोहन्याल ३ का रमेश सलामीले भने,‘पौडिन सक्नेहरू अहिले पनि डुङ्गाबाटै कर्णाली नदी तरिरहेका छन्,नसक्नेहरू तीन किलोमिटर हिँडेर झोलुङ्गे पुल हुँदै जान्छन्’

डुङ्गा दुर्घटनामा घाइते हर्सना आले अझै पनि त्यस्तो घटना हुनसक्ने भन्दै त्रसित छिन् । ‘म आफैँ दुर्घटनामा परेँ पौडिन सक्ने हुनाले ज्यान बाँच्यो आँखै अगाडी साथीहरू नदीमा डुबे,अहिले पनि डुङ्गाबाटै कर्णाली तर्नु पर्दा निकै डर लाग्छ।’

तीन पटक सर्वे भयो तर, बनेन पुल

कैलालीको मोहन्याल र सुर्खेतको चौकुने जोड्ने गरी कर्णाली नदीमा झोलुङ्गे पुल निर्माणको लागि पटक पटक सर्भे भएको छ । पुल सर्भेको काम सकेर टोली फिर्ता गइसकेको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नन्दलाल गिरीले बताए ।

‘पुल निर्माणका लागी सर्वे भइसकेको छ,हामीले झोलुङ्गे पुलका लागी पहल गरिरहेका छौं’,वडाध्यक्ष गिरीले भने,‘पुल बनेपछि यहाँका नागरिकलाई निकै सहज हुन्छ।’ कर्णाली नदीमा झोलुङ्गे पुल निर्माणको चर्चा अहिले मात्रै चलेको हैन । यस अघि पनि दुई पटक सर्वे भइसकेको छ।

‘पुल निर्माणका लागी यसअघि पनि दुई पटक सर्वे भएको हो’,वडाध्यक्ष गिरीले भने,‘गाउँपालिकाको बजेटले पुग्दैन सङ्घीय सरकारले यस अघि पुलका लागी बजेट दिएन,तर यस पटक बजेट पर्छ होला।’

सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य झापटबहादुर रावलले समयमै सम्पन्न हुने गरी काम सुरु भएको बताए। ‘डिपिआर बने लगत्तै पुल निर्माणको काम सुरु हुन्छ’,उनले भने। ‘हामीले पुरानो सर्वे रिपोर्ट पाएनौँ,त्यसैले सुरुबाटै सर्भे गरेका हौँ’, रावलले भने, ‘नागरिकलाई सामान्य सेवा लिन अर्को जिल्ला जानु नपर्ने गरी आवश्यक सबै सेवा बिस्तारमा पनि जोड दिन्छौँ।’

रागामलेखामा करिब ९७ परिवार छन्। त्यस्तै ताम्चा र चावामा पनि सयको हाराहारीमा घरधुरी छन्। यहाँका बालबालिका पनि सुर्खेतको चौकुने गाउँपालिका–४, बिरौरामा रहेको जगन्नाथ माध्यमिक विद्यालयमा पढ्न जाने गरेका छन्।यहाँका बासिन्दा स्वास्थ्य तथा अन्य सेवा लिन पनि सुर्खेत जानुपर्ने बाध्यता छ।

साउन १७ गते गर्भवती जाँच तथा बालबालिकालाई खोप लगाउन रागामलेखाबाट सुर्खेतको भुडेभावर हिँडेका हरू सवार डुङ्गा कर्णाली नदिमा दुर्घटना हुँदा १ बालक सहित ४ जनाको ज्यान गएको थियो।

Previous Post

सरकारले श्री कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने

Next Post

२०७८ भाद्र ४ गते, शुक्रवार, २० अगष्ट २०२१। चन्द्रराशि– मकर

Next Post

२०७८ भाद्र ४ गते, शुक्रवार, २० अगष्ट २०२१। चन्द्रराशि– मकर

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal