Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कैलालीकाे कान्द्रामा १० वर्षसम्म पनि बन्न सकेन पुल

Public Dristi by Public Dristi
अगस्ट 12, 2021
in समाज
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

कैलाली – कैलालीको भजनी नगरपालिका–५ र ३ वडाको सीमा भएर बग्ने कान्द्रा नदीमा निर्माण थालिएको पुल एक दशकदेखि अलपत्र छ। पुल नबन्दा स्थानीयवासी जोखिम मोलेरै डुङ्गाबाट नदी तर्दै आएका छन्। भजनी नगरपालिका, स्वास्थ्य चौकीलगायत स्थानमा आउजाउ गर्न डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नु परेको भजनी–५ लालबोझीका रतनराज रेग्मीले बताए।

सो नदीमा एक दशकअघि निर्माण थालिएको पुल अलपत्र हुँदा बर्खायाममा नदीमा अत्यधिक बाढी आएका बखत आवतजावत नै बन्द हुने जानकारी दिँदै उनले भने, “बाढीका कारण डुङ्गा नचल्दा बिरामी र सुत्केरीलाई अस्पताल लैजान समस्या हुने गरेको छ।”

बर्खायामका तीन महिना बालबालिका, महिला र वृद्धवृद्धालाई नदी तर्न समस्या हुने गरेको छ। डुङ्गाको यात्रा जोखिमपूर्ण हुने भएकाले काम विशेषले नगरपालिकालगायत अन्य स्थानमा जाँदा बेलुकी घर नपुगेसम्म घरपरिवार चिन्तित हुने गरेका उक्त नगरपालिका–५ का डम्मर जैसीले बताए।

डुङ्गामा सो नदी तर्दा एकपटकको रु १० र मोटरसाइकलसहित भए रु ३० शुल्क तोकिएको छ। हुलाकी राजमार्गअन्तर्गत भजनी–५ र ३ ठेकी जोड्ने उक्त नदीमा पुल निर्माणका लागि २०६८ साल जेठ ३१ मा निर्माण कम्पनी लामा–शाल्पा–शेर्पा–विरुवा जेभीसँग सम्झौता भएको थियो ।

तेस्रोपटक थपिएको अवधि सकिँदा पनि निर्माण कम्पनीले पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सम्पन्न गरेको जनाइएको छ। सय मिटर लामो र सात दशमलव दुई मिटर चौडो सो पुलको लागत चार करोड ४३ लाख रहेको छ।

Previous Post

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

Next Post

काठमाडौंमा आज देखि राती ८ बजे पछि सवारी साधन चलाउन नपाईने

Next Post

काठमाडौंमा आज देखि राती ८ बजे पछि सवारी साधन चलाउन नपाईने

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal