Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

बारलाको कुईकाल्ले देबि मन्दिरमा मुर्ति गायब चोरिको आशंका

Public Dristi by Public Dristi
अगस्ट 9, 2023
in विशेष, समाज
44
0
33
SHARES
54
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम, साउन २४ गते । अछामको धार्मिक आस्थाको केन्द्र मानिने कुईकाल्ले देवीको मूर्ति गायब भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–८ बारलामा रहेको मन्दिरबाट मूर्ति गायब भएको वडा अध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिनुभयो ।

जिल्लाकै प्रमुख धार्मिक आस्थाको रूपमा हेरिने कुईकाल्ले भगवतीको मन्दिरमा गत वर्षको जनैपूर्णीमाको दिन पूजापाठ गरेर फर्किँदासम्म मन्दिरमै रहेको मूर्ति एक वर्षको अवधिमा गायब भएको हो । मन्दिरका मूल पुजारी कमल आचार्यका अनुसार गत वर्षको जनैपूर्णीमाको दिनसम्म मन्दिरमा भएको मूर्ति अहिले नभेटिएको हो ।

दुई वटा मूर्ति रहेको उक्त मन्दिरमा हाल एउटा मात्र मूर्ति छ । मूर्ति चोरी भएको हुनसक्ने स्थानीयको आशङ्का छ । ढुङ्गाको कलात्मक रूपमा बनाइएको ऐतिहासिक मूर्ति हराएको हो ।

मूर्तिको खोजिकार्य सुरु भएको पूर्व वडाध्यक्ष ताराप्रसाद खनालले बताउनुभयो । मूर्ति हराएको विषयमा प्रहरीलाई कुनैपनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।

उक्त मूर्ति आजभन्दा १३० वर्ष पहिले पनि हराएको थियो । स्थानीय सर्जनबहादुर शाहीले वि.स. १९५० सालमा हराएको मूर्ति ६ वर्षपछि १९५६ सालमा मन्दिर नजिकैको पानीको तलाउमा भेटिएको बताउनुभयो ।

कुईकाल्ले देवीलाई यस क्षेत्रमा ठुलो विश्वास गर्ने गरिन्छ । बाजुराको बडी मालिकाकै अंशको रूपमा उक्त मन्दिर चिनिँदै आएको छ ।

Previous Post

विनोद शाही हत्या प्रकरण : मुख्य आरोपी सज्जन शाही पक्राउ

Next Post

सामुदायिक रेडियो रामारोशनको स्टुडियोमा सर्प पस्दा रेडियोको प्रसारण सेवा अबरुद्ध

Next Post

सामुदायिक रेडियो रामारोशनको स्टुडियोमा सर्प पस्दा रेडियोको प्रसारण सेवा अबरुद्ध

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal