Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

युवा नै राष्ट्र निर्माणको मेरुदण्ड हुन् -युवा नेता टंक धामी

Public Dristi by Public Dristi
जुलाई 10, 2025
in विचार
144
0
113
SHARES
182
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

राष्ट्र निर्माणमा युवाहरुको भूमिका
अछाम, विनायक ( राष्ट्र निर्माण एक दीर्घकालीन प्रक्रिया हो जसमा शिक्षा, श्रम, सीप, नैतिकता र नेतृत्वको संयोजन चाहिन्छ। यस्तो निर्माणमा युवाहरुको योगदान नै निर्णायक मानिन्छ। विश्वका धेरै देशले आफ्नो समृद्धिको कथा युवाको सक्रिय भूमिकाबाट लेखेका छन्। नेपाल जस्तो विकासोन्मुख राष्ट्रको हकमा युवाशक्ति राष्ट्रको मेरुदण्ड, सम्भावना र समृद्धिको स्रोत हो।
विश्व परिप्रेक्ष्यमा हेर्ने हो भने कुल जनसंख्याको ५० प्रतिशतभन्दा बढी युवा रहेको पाइएको छ। नेपालमा मात्रै करिब ६० प्रतिशत जनसंख्या युवा वर्गअन्तर्गत पर्छ, जसले देश निर्माणमा अद्भुत योगदान पुर्‍याउने सामर्थ्य राख्छ। लेखक टंकबहादुर भामीले तयार पारेको विशेष लेखमा भनिएको छ – “राष्ट्र निर्माण भनेको नेतृत्व मात्र होइन, श्रम र समर्पण पनि हो, र त्यो शक्ति युवामै निहित छ।”

युवाको परिभाषा र सम्भावना
नेपालको राष्ट्रिय युवा नीतिअनुसार १६ देखि ४० वर्ष उमेर समूहका नागरिकलाई युवा भनिन्छ। उनीहरु सोच्न सक्छन्, सिर्जना गर्न सक्छन्, नेतृत्व गर्न सक्छन् र सम्पूर्ण सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्राविधिक र सांस्कृतिक क्षेत्रमा परिवर्तन ल्याउन सक्ने छन्।
आजको युवा जनसंख्याको अनुपातलाई राष्ट्र निर्माणको एक सुनौलो अवसरको रूपमा लिन सकिन्छ। शिक्षा, सीप, स्वास्थ्य, उद्यमशीलता, प्रविधि र सामाजिक सेवा क्षेत्रमा उनीहरुको सक्रियताले देशको वर्तमान मात्रै होइन, भविष्य पनि निर्धारण गर्न सक्छ।

राष्ट्र निर्माणमा युवाको योगदान
युवाहरुले देशको विकासका सबै पक्षमा उल्लेखनीय योगदान दिन सक्छन्। कृषि, पर्यटन, सूचना प्रविधि, व्यापार, शिक्षादेखि स्वास्थ्य सेवा, उत्पादन उद्योग, सीपमूलक रोजगारी, समाजसेवा र वातावरण संरक्षणसम्म उनीहरुको सहभागिता देखिन्छ। लेखमा जापान, सिंगापुर, चीन, दुबई लगायतका देशको उदाहरण दिँदै भनिएको छ – “यी देशले युवाको श्रम, विज्ञान, अनुसन्धान र नीतिलाई सही ढंगले परिचालन गरे, त्यसैले उनीहरु सफल भए।”
नेपालमा पनि २० लाखभन्दा बढी बेरोजगार युवा रहेको तथ्यले नीति निर्माता, स्थानीय सरकार र संघीय संरचनाले गम्भीर ध्यान दिनुपर्ने अवस्था देखाउँछ। शिक्षित, सीपयुक्त र ऊर्जाशील युवाशक्तिलाई रोजगारी, उद्यमशीलता र सामाजिक योगदानमा परिचालन गर्न सके नेपाल समृद्ध बन्नेछ।

नेपाली सन्दर्भमा युवाको सहभगिता
नेपालको सन्दर्भमा युवा सहभागिता अझ महत्वपूर्ण छ। कुल जनसंख्याको बहुमत भाग युवामा भएको अवस्थामा उनीहरुलाई उचित अवसर, वातावरण र पहुँच नदिइकन राष्ट्र निर्माण सम्भव हुँदैन। कृषि, पर्यटन, घरेलु उद्योग, प्रविधि, वातावरण संरक्षण र सामाजिक सुधारका क्षेत्रहरुमा युवाहरुले नेतृत्व लिनुपर्छ।
राजनीतिक सहभागितामा पनि युवाको उपस्थिति अब मात्र नारासम्म सीमित छैन। उनीहरु नीति निर्माण, जनप्रतिनिधित्व, दबाब समूह र सचेत नेतृत्वका रूपमा समेत उदाउँदै छन्। लेखकले औंल्याएका छन् – “सामाजिक, सांस्कृतिक रूपान्तरण, रोजगारी सिर्जना, उत्पादन वृद्धि, वैदेशिक रोजगारलाई विकल्प दिने कार्यमा युवाहरु अग्रणी बन्न सक्नुपर्छ।”

सामाजिक र सांस्कृतिक रूपान्तरणमा योगदान
समाजमा जमेका कुप्रथाहरुलाई अन्त्य गर्न युवाहरु नै सक्षम छन्। जातीय, लैंगिक, वर्गीय भेदभाव, छुवाछुत, बालविवाह, दाइजो प्रथा, महिला हिंसा जस्ता सामाजिक विकृतिहरु विरुद्ध युवाहरुले अभियान चलाउने हो भने समाजलाई नयाँ दिशातर्फ लैजान सकिन्छ। सांस्कृतिक र नैतिक शिक्षाको माध्यमबाट युवाले समावेशी, न्यायपूर्ण र समतामूलक समाजको निर्माणमा सशक्त भूमिका खेल्न सक्छन्।

लेखक टंकबहादुर धामीले लेखको अन्त्यमा भनेका छन् – “युवाहरुले चाहेमा कञ्चनपुरदेखि इलामसम्म, हिमालदेखि तराईसम्म राष्ट्र निर्माणका सम्भावना झन् चम्किलो बनाउँछ।” संसारको कुनै पनि क्रान्ति, विकास, विज्ञान, प्राविधिक आविष्कार, राजनीतिक परिवर्तन वा सामाजिक रूपान्तरण युवाविना सम्भव छैन। आज पनि नेपालका युवाहरु श्रम, प्रतिभा, सीप र बलिदानका साथ राष्ट्र निर्माणमा अग्रपङ्क्तिमा छन्।

संघीय सरकारदेखि प्रदेश सरकार र स्थानीय तहसम्म युवालाई निर्णय प्रक्रियामा समावेश गर्न, शिक्षा र सीपलाई उत्पादनसँग जोड्न र रोजगारी सिर्जनाको नीति कार्यान्वयन गर्न सकेमा नेपालले युवाशक्तिको उपयोग गरेर छोटो समयमा सामाजिक तथा आर्थिक विकासको नयाँ अध्याय सुरु गर्न सक्छ।

Previous Post

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

Next Post

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

Next Post

स्वास्थ्यकर्मीको न्यायको मागसहित आन्दोलन सेवा प्रवाह बन्द हुने चेतावनी

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal