Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछामको सहयोग

सागर देबकोटा by सागर देबकोटा
जुलाई 10, 2025
in समाज
25
0
19
SHARES
31
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामको मंगलसेन नगरपालिका वडा न १२ बान्नातोली निवासी पदमा नाथलाई खाद्यान्न सहित आर्थिक सहयोग गरिएको छ । साहारा बिहिन पदमालाई सामाजिक विकास कार्यालय अछाम र स्वदेश तथा विदेश बाट विभिन्न सहयोगी मनहरुले पठाएको रकम बुधबार हस्तान्तरण गरिएको हो ।

सामाजिक विकास कार्यालय अछामले खाद्यान्न, लुगा कपडा सहयोग गरेको छ भने रेडियो गाउँघरको पहलमा पदमा नाथका लागि संकलन भएको ४५ हजार ८ सय ४७ रुपैया नगद समेत हस्तान्तरण गरिएको रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापाले बताउनुभयो ।

पदमाको अवस्थाको बारेमा सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी स्वदेश विदेशमा रहेका व्यक्तिहरुले आर्थिक सहयोग गर्नुभएको थियो । पदमाको लागि एकै दिन ५० हजार बढी रकम संकलन भएको थियो भने अहिले पनि विभिन्न क्षेत्र बाट रकम संकलन भईरहेको छ । बाकी संकलित रकम केही दिनमै पदमाको घरमै गएर हस्तान्तरण गरिने बताईएको छ ।

उमेरले झण्डै ८० वर्ष नाघेकी पदमा संग अहिले सम्म नेपाली नागरिकता समेत छैन । यता वडा अध्यक्ष खकेन्द्र बहादुर रावलले उहाको नागरिकताको लागि आवश्यक प्रकृया अघि बढीसकेको जानकारी गराउनु भएको छ । वडा अध्यक्ष रावलले भन्नुभयो उहाँ संग नागरिकता छैन भन्ने कुरा हामीलाई पनि अहिले आएर थाह भयो अब नागरिकता दिलाउनका लागि वडा कार्यालयको तर्फबाट प्रकृया सुरु गरेका छौ अध्यक्ष रावलले भन्नुभयो ।

पदमाको छोरा रोजगारीको लागि भारतमा हुनुहुन्छ, आफु संग लैजानका लागि छोरा बुहारीले धेरै प्रयास गर्दापनी जान नमानेको उहाको नातिनी लक्ष्मी बनले जानकारी दिनुभएको छ ।

Previous Post

आज हरिशयनी एकादशी तुलसीको पुजाआजा गरिदै-AchhamToday

Next Post

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

Next Post

कमलबजार नगरपालिका वडा नं. ५ को नवनिर्मित वडा कार्यालय उद्घाटन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal