Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

परिवर्तनको सुरुवात आफैंबाट गरौं -जीवन वुढा

Public Dristi by Public Dristi
जुलाई 6, 2021
in विचार
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

राज्य संचालनको मुल नीतिलाई राजनीति भन्ने गरिन्छ । राज्य चलाउन आवश्यक पर्ने सम्पूर्ण नीतिहरुको मुहान भएका कारण राजनीति भनिएको हो । त्यसैले राजनीति शुद्ध भयो भने अरु नीतिहरुले पनि काम गर्छन, राजनीति विग्रियो भने अरु नीतिहरु पनि भद्रगोल हुन्छन् ।

यस सन्दर्भमा दार्शनिक चाणक्यले भनेको छन्, राज्य संचालन गर्ने व्यक्तिको मूल धर्म हो, सद्विचार र सद्आचरण । जसमा यो दुई गुण छ, उही नै राज्य संचालनको हकदार हुन्छन् । विद्वता, विनयीशिलता र कार्यकुशलता राज्य संचालन गर्नका लागि आवश्यक गुण हुन् । राज्य संचालन गर्ने व्यक्तिले इन्द्रियमाथि विजय प्राप्त गर्नुपर्छ । इन्द्रियमाथि विजय पाउने आधार विनय र नम्रता हो । विद्वान व्यक्तिप्रति समर्पणबाट विनय प्राप्त हुन्छ । साथै विनयशिलताले अधिकतम कार्य गर्ने निपुर्णता मिल्छ ।
राज्य संचालन गर्नेले आफ्नो कर्तव्यको पालना पूर्ण क्षमताका साथ गर्नुपर्छ । जनतालाई सुखी र समृद्ध तुल्याउनका लागि राज्यका सबै निकायलाई कसरी सञ्चालन गर्ने, कस्तो कार्ययोजना बनाउने भन्ने कुरामा उनको स्पष्ट लक्ष्य हुनुपर्छ । जनताको सुखलाई आफ्नो सुख ठान्नुपर्छ । जनकल्याण र राम्रो प्रशासन व्यवस्थालाई आफ्नो लक्ष्य बनाउनुपर्छ ।
राज्यको अर्थव्यवस्था कसरी बलियो बनाउने, जनतालाई कसरी सुखी र समृद्ध तुल्याउने, सुशासन कसरी कायम राख्ने, न्याय प्रणाली कसरी पारदर्शी बनाउने, सामाजिक सद्भाव कसरी निर्माण गर्ने, राज्यको आय–आर्जन कसरी बढाउने, छिमेकी मुलुकहरुसँग कसरी सुमधुर सम्बन्ध स्थापित गर्ने भन्ने सम्बन्धमा परिपक्क र सन्तुलित चिन्तन एवं व्यवहार गर्न सक्ने खुबी राजनीतिकर्मीसँग हुनु पर्छ । राज्य संचालनका सहयोगीका रुपमा रहने मन्त्रीहरु कस्तो हुनुपर्छ भनेर पनि चाणक्यले उल्लेख गरेका छन् । उनका अनुसार राज्य संचालन गर्ने व्यक्तिको कार्य–योजना सफल बनाउन निपूर्णताका साथ भूमिका खेल्ने, राज्यले गर्नुपर्ने कामको प्राथमिकतालाई छुट्याउन सक्ने, कुनैपनि कामबाट प्राप्त हुने नतिजाको पूर्वानुमान गर्न सक्ने व्यक्ति मन्त्रीका लागि योग्य हुन्छन् ।
अब हाम्रो मुलुकको सन्दर्भमा हेरौं । गत जेठ १५ गते वजेट बक्तव्य मार्फत ढुंगा, गिटी, बालुवा निकासी गर्ने नीति अघि सारियो । ढुंगा माटो बेच्नु भनेको देश बेच्नु जस्तै हो । यस्तो निर्णय पनि सरकारले लाजै नमानी खुलेयाम गर्यो किनकी चुरे क्षेत्रका क्रसर उद्योगहरुका सत्तारुढ एमालेका नेता तथा कार्यकर्ताहरुको लगानी छ । सरकारमा गएका सबै पार्टी र नेताहरू व्यापारी, डन, चोरफटाहाबाट प्रभावित छन् परिचालित छन् । जसबम्म ती नेताहरूलाई परिवर्तन गर्न सकिन्न चुरेको संरक्षण गर्न सकिन्न, वातावरण सधैँ गौण हुुन्छ । चुरे त ताजा घटना भएकोले उदाहरण मात्रै दिइएको हो । राजनीति विग्रेका कारण हाम्रो मुलुकमा पाइला पाइलामा समस्या देखिएको छ ।
कसै न कसैले हिम्मत नगरे परिवर्तन सम्भव छैन । आज भन्दा १ सय वर्ष अघि कृष्णप्रसाद कोइरालाले बुहारीहरुले समेत अंग्रेजी पढ्ने र घोढामा सवार गर्ने व्यवस्था मिलाएर आफ्नो घरबाटै क्रान्ति सुरु नगरेको भए त्यति छिटै राणा शासन ढल्ने रहेनछ । त्यो जमनामा बुहारीहरुलाई अंग्रेजी र घोडा सवारको शिक्षा दिएका कृष्णप्रसाद कोइरालाका ३ भाई छोरा प्रधानमन्त्री बने, एक जना भतिजा र भानिजका छोरा पनि प्रधानमन्त्री बने । उनकै छोराहरुले जन्माएको पार्टी नेपाली कांग्रेसले लामो समयदेखि मुलुह हाँकिरहेको छ । क्रान्तिकारी नारा दिने कम्युनिष्टहरुले पनि पटक पटक मुलुक हाँकिरहेका छन् । तर अहिले पनि मुलुकमा परिवर्तन आउन सकेका छैन । राजनीतिमा लागेका युवाहरु नै भन्ने गर्छन् –‘छुवाछुत र जात प्रथा हटाउँ घरमा हजुरआमा हुनुहुन्छ । छाउपडी प्रथा हटाउँ घरमा दिदी आमा हुनुुहुन्छ । बालविवाह हटाउँ छोरा छोरीले सानैमा रहर गरिदिन्छन् । भ्रष्टाचार विरुद्ध बोलौं घरमै जनप्रतिनिधि काका हुनुहुन्छ , काकी व्यापारी हुनुहुन्छ । शोषण विरुद्ध बोलौं आफ्नै घर जिम्मेवाल, बाको नाक जाने । महिला हिंसा विरुद्ध बोलौं ठुल्बाले रक्सीको तालमा ठूलीआमाको आँखा फुटाइदिएको केश उठ्छ गाउँमा भन्ने पिर । अन्य सामाजिक कुरिति र जाँड रक्सीबारे बोलौं आफू थोरैले अघाइन्न, खाए पछि जुवा खेल्न मन लागिहाल्छ । देउकी, झुमा इत्यादि प्रथाबारे कुरा गरौं यी त धार्मिक कुरा भइहाले, धर्मको विरुद्ध लागेर डलर खेतिको सोझो गर्यो भन्ने आरोप आउलाकी भन्ने पिर ।’

आफ्नै घरबाट यी जन्जीर तोडेर परिवर्तनको निम्ति टाउको उठाएर हिँड्नु कति कष्टपूर्ण होला रु यो प्रश्न असान्दर्भीक होइन । यस्तो हिम्मत गर्न नसक्नेहरुको हातमा राजनीति पुग्यो भने देशका लागि त्यहाँ भन्दा ठूलो दुर्भाग्य अरु केही हुँदैन । त्यसैले हामी आफै भित्र परिवर्तन जरुरी छ । युवा पुस्ता विशाल हृदय लिएर परिवर्तनको अभियानमा सहयात्री भएन भने मुलुक कहिल्यै अघि बढ्दैन । एक आमाको मन दुख्छ केही दिनलाई । नबुझ्दासम्म काका, मामा, साथी इष्टसँग बोलचाल बन्द होला, तर विश्वव्यापी मानव लहर हुनेछ तिमीसँग । सुरुवातमै हरेस खान चाँही हुन्न ।

जातिवादी, परिवारवादी र साम्प्रदायिक हुनु भन्दा बढी आनन्द मानव हुनुमा छ । के साँचै आनन्द लिन मन छ रु यदी हो भने अब त मानव वन्नोस् । मानव बने पो बल्ल अरुलाई मानव देख्न सकिन्छ, नत्र त उही हो गोवर गणेश । मानव जीवन दुर्लभ छ । चेतना नभएको मानिस पसु समान हुन्छ । हाम्रै मुलुकको उदाहरण हेरौं । पद्मत्न तुलाधर र दमननाथ ढुंगानाहरु जातिवादी नारा दिए, समाप्त भए । माओवादीहरु जातिवादी नारा बाँड्दै हिँडे समाप्त भए । एमालेका उपाध्यक्ष थिए अशोक राई पनि जातिवादी नारा दिए, समाप्त भए । यसकारण ‘म पहिले फलानो जातको त्यस पछि मात्रै मानव हुँ’ भन्नेहरुको पतन निश्चत छ ।

राजनीति विग्रियो भने पद प्राप्तीले कुनै अर्थ राख्दैन । पदको गरिमा पनि घट्दै जान्छ । उदाहरणका लागि हिँजोको दिनमा प्रधानपन्चको जुन इज्जत र पदीय गरिमा थियो, त्यति आज प्रधानमन्त्रीको छैन । राष्ट्रपतिको गरिमा त हिँजोका अञ्चलाधिश जत्तिको पनि छैन । चाणक्यले भनेकै छन् राजनीतिकर्मीहरुको पदको गरिमा घटेपछि कर्मचारीहरुले टेर्न छाड्छन् । अनि देश सकिन्छ ।

विश्वको इतिहासलाई हेर्ने हो भने जति पनि आमुल परिवर्तन भएका छन् युवा राजनीतिकर्मीको अगुवाईमा भएका छन् । २००७ सालको जनक्रान्तिका बेला वीपी कोइरालाको उमेर ३८ वर्ष थियो । २०४६ सालको जनआन्दोलनका बेला मदन भण्डारीको उमेर पनि ३८ वर्षकै थियो । २०५२ सालमा विद्रोह सुरु गर्दा बाबुराम र प्रचण्डको उमेर पनि ४० वर्षकै आसपासमा थियो । तर यतिबेला कांग्रेस, एमाले र माओवादी केन्द्रको नेतृत्वमा ७० वर्ष नाघेका प्रौढहरु छन् । यी पार्टीमा युवाहरु नभएका होइनन् तर नेतृत्वका लागि सक्षम भएनन्, किनकी माथि उल्लेख गरिए झैँ सामाजिक कुरिति हटाउने अभियानमा समेत अहिलेका युवा नेताहरु सरिक हुन सकेनन् । एक सय वर्ष अघि कृष्णप्रसाद कोइरालाको घरमा छाउपडि प्रथा थिएन तर प्रचण्डको घरमा अहिले पनि छाउपडि प्रथा छ । यति सम्मकी अहिलेका विद्यार्थी नेताहरुको घरमा समेत छाउपडि प्रथा छ । हाम्रो मुलुकको राजनीतिको नयाँ पुस्ता यति विधि निरिह कहिल्यै थिएन ।

हामी नेपाली ऋषिमुनिका सन्तानहरु हौं । सर्वप्रथम आफू को हुँ भन्ने इतिहास थाहा पाउनु पर्यो । यो थाहा पाउने क्षमता हामी भित्रै छ । तर त्यसका लागि सबै भन्दा पहिले मानव बन्नु पर्यो । मानव बनियो भने जातपात र छुवाछुत आफै हराउने छ । क्षेत्रीको छोरा योगी नरहरीनाथको गोडामा कुन बाहुन पण्डितले ढोगेन रु राईको स्वामी प्रपन्नचार्यको गोडामा कुन क्षेत्री –बाहुनले ढोगेनन् रु मिठाराम विश्वकर्मालाई व्यासासनमा राखेर उनको मुखार विन्दबाट सप्ताह सुन्न क्षेत्री बाहुनहरु समेत लालयित हुन्छन् किन

Previous Post

दैलेखमा मिनि ट्रकको ठक्करबाट १ जनाको मृत्यु

Next Post

रसियाली विमान दुर्घटनाका सबै यात्रुको मृत्यु

Next Post

रसियाली विमान दुर्घटनाका सबै यात्रुको मृत्यु

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal