Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

टंक तिमिल्सैना र सँगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी

सागर देबकोटा by सागर देबकोटा
जुलाई 5, 2025
in कला, विशेष
75
0
58
SHARES
94
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

सुदूरपश्चिमको मौलिक संस्कृति र देउडा भाकालाई आत्मसात् गर्दै गायक तथा सर्जक टंक तिमिल्सैना र गायिका सांगिता वडुवालको सुमधुर आवाजमा सजिएको नयाँ देउडा गीत लाईगयो रतेडी सार्वजनिक भएको छ।

परम्परागत भाकालाई आधुनिक प्रविधि र प्रस्तुतिसँग जोडेर बनाइएको यस गीतले सुदूरपश्चिमको कला, संस्कार र प्रेमभावलाई जीवन्त ढंगले प्रस्तुत गरेको छ।

विशेषगरी गायक तिमिल्सिनाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा उनले आफ्ना शुभचिन्तकप्रति आभार व्यक्त गर्दै सुदूरपश्चिमको मौलिक देउडा शैलीलाई थप उचाइमा पुर्‍याउने प्रयास गरेका छन्। गीतको शब्द, संगीत र लय संयोजन अत्यन्तै सशक्त रहेको छ।

गाउँघरको परिवेश, मौलिक पोशाक र स्थानीय भावनालाई भिडियोमा कलात्मक ढंगले समेटिएको छ।

सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा निकै चर्चा बटुलिरहेको छ। युट्युबमा छोटो समयमै उल्लेखनीय भ्युज पाएको यस गीतले दर्शक–श्रोता दुवैको मन जित्न सफल भएको देखिन्छ। देउडाको स्वादमा मिठास थप्दै आधुनिक प्रस्तुतिसँग सजिएको लाईगयो रतेडी सुन्दा मात्रै होइन, हेर्दा पनि मन छुने खालको छ।

सांगीतिक यात्रामा निरन्तर सक्रिय टंक तिमिल्सैनाको यो सिर्जना देउडा प्रेमीहरूका लागि खास उपहार सावित हुने विश्वास गरिएको छ।

मौलिकतामा आधारित यस्तो प्रस्तुति नेपाली सांस्कृतिक क्षेत्रमा स्वागतयोग्य उदाहरण बनेको छ।
पूरा भिडियो हेर्न तलको थिच्नुहोस

Previous Post

नेपालले सिङ्गापुर बिरुद्द बलिङ गर्दै

Next Post

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

Next Post

यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गी संक्रमण हुनसक्ने आँकलन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal