Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पञ्चदेवल विनायक नगरपालिकालाई महालेखा परीक्षक कार्यालयबाट सम्मान

Public Dristi by Public Dristi
जुन 30, 2025
in विशेष, सूचना प्रविधि, स्तानिय समचार
13
0
10
SHARES
16
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम, २०७८ असार १६ — अछामको पञ्चदेवल विनायक नगरपालिका आर्थिक सुशासन, पारदर्शिता र उत्कृष्ट सेवा प्रवाहका लागि सम्मानित भएको छ। महालेखा परीक्षक कार्यालय, काठमाडौँले आफ्नो ६७औँ वार्षिकोत्सवको अवसरमा पञ्चदेवल विनायक नगरपालिकालाई प्रशंसा पत्र प्रदान गर्ने निर्णय गरेको हो।

महालेखा परीक्षक कार्यालयले आन्तरिक लेखापरीक्षण, सार्वजनिक लेखा प्रणालीको प्रभावकारिता, पारदर्शिता र जवाफदेहिताका आधारमा उत्कृष्ट अभ्यास प्रस्तुत गर्ने संघ, प्रदेश तथा स्थानीय तहका निकायहरूमध्येबाट छनोट गर्दै सम्मान प्रदान गर्दै आएको छ। यसै क्रममा, सुदूरपश्चिम प्रदेशमै अघिल्लो आर्थिक वर्षमा सबैभन्दा कम बेरुजु देखिएको स्थानीय तहका रूपमा पञ्चदेवल विनायक नगरपालिका अगाडि आएको हो।

नगरपालिकाले आर्थिक अनुशासन, लेखा परीक्षणमा पारदर्शिता, सेवा प्रवाहमा दक्षता तथा सूचना व्यवस्थापन जस्ता महत्वपूर्ण पक्षहरूमा उल्लेखनीय कार्य गर्दै आएको छ। नगरप्रमुख अम्बिका चलाउनेका अनुसार, प्रशासकीय अधिकृत, लेखा शाखा र सम्पूर्ण जनप्रतिनिधिहरूको जिम्मेवार कार्यशैलीका कारण यो उपलब्धि सम्भव भएको हो।

लेखा प्रमुख लोकबहादुर चलाउनेले भने, “यस सम्मानले आगामी दिनमा अझ प्रभावकारी र पारदर्शी ढंगले सेवा दिन हामीलाई थप प्रेरणा मिलेको छ।”

यस उपलब्धिले पञ्चदेवल विनायक नगरपालिकाको समर्पित र उत्तरदायी प्रशासनिक प्रयासलाई राष्ट्रिय तहमा मान्यता दिएको छ, जसले अन्य स्थानीय तहहरूका लागि पनि अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।

Previous Post

चितुवाको आक्रमणमा ४ वटा बाख्रा मरे, २ हराए

Next Post

कञ्चनपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Next Post

कञ्चनपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal