Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

दार्चुलामा किशोरी र बालिकालाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम सुरु

Public Dristi by Public Dristi
मे 31, 2021
in प्रदेश
3
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714


दार्चुला । हिंसा र बलात्कारका घटना बढ्न थालेपछि दार्चुलामा किशोरी र बालिकालाई आत्मरक्षा (सेल्फ डिफेन्स) सम्बन्धी तालिम दिन थालिएको छ । बालिका र किशोरीलाई यौनहिंसाको प्रतिकार गर्ने उपाय सिकाउन विद्यालयमै आत्मरक्षा तालिम दिइन थालिएको तालिमका प्रशिक्षक मोनिका पडले जानकारी दिनुभयो । उहाँका अनुसार, पहिलो चरणमा दार्चुलाको महाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकाका छ वटा विद्यालयमा किशोरीलाई प्रतिरक्षा तालिम दिइदैछ ।

सामुदायिक ग्रामीण विकास समाज नेपाल (सिआरडिएस) सँगको सहाकार्यमा गुड नेवर्सको प्राविधिक सहयोग तथा प्रहार संस्थाको समन्वयमा किशोरी तथा बालिकाहरुलाई विद्यालयमै आत्मरक्षा तालिम दिइन थालिएको हो । दार्चुला घर भएका विद्यार्थी नेता पालले धनगढीमा आत्मरक्षा तालिम लिएर अहिले जिल्लास्तरमा विद्यार्थी, किशोरीहरुलाई प्रशिक्षण गरिरहनुभएको छ । एउटा विद्यालयमा दुई दिनसम्म दिइने तालिममा बालिका र किशोरीले यौनहिंसा भएमा वा कसैले बलात्कार प्रयास गरेमा प्रतिकार कसरी गर्ने भनेर सिकाइदैछ ।

गलत नियतले हात समाते, पछाडिबाट अंगालो हाल्न खोजे, कपाल समाते, बलात्कार वा यौनहिंसाको प्रयास गरे त्यसबाट जोगिनका लागि प्रतिकार गर्ने १३ वटा विधि र १६ वटा बच्ने उपाय गरी तालिममा २९ वटा विधिका बारेमा सिकाउने गरिएको प्रशिक्षक पालले बताउनुभयो । बलात्कारको प्रयास गर्ने व्यक्तिको आँखामा दबाब दिने, अनुहार चिथोर्ने, शरीरमा टोक्ने वा संवेदनशील अंगमा प्रहार गर्नेलगायतका उपाय आफूहरूले तालिममा सिकाइरहेको अर्का प्रशिक्षक मोनिका ओडले बताउनुभयो । तालिममा किशोरी तथा बालिकाहरुको उत्साहजनक सहभागिता छ ।

हालसम्म छ वटा विद्यालयका अाठ सय बढी किशोरी विद्यार्थी दुई दिने आत्मरक्षा तालिममा सहभागि भएका छन् । राष्ट्रिय मावि दत्तु, सरस्वती मावि सेलिचामा,मालिकार्जुन मावि मडमा, शंकरपुर मावि पस्ती, कृष्ण मावि डाडाकोट र सरस्वती मावि उकुमा तालिम दिइने प्रशिक् तालिम सम्पन्न भएको छ । हिंसाको प्रयास भए प्रतिकारको पूर्वतयारी अपनाउँदा धेरै सहज हुने विश्वास विद्यार्थीमा बढेको छ ।

कसैले हिंसा वा बलात्कारको प्रयास गर्न खोजे प्रतिकार गर्ने तरिकाको बारेमा तालिमबाट जानकारी पाइएको मालिकार्जुन माबि मडका छात्रा मोनिका वड बताउनुभयो । आत्मरक्षा तालिमबाट शिप विकासका साथै आत्मबल समेत बढेको उहाँको भनाई छ । आत्मरक्षा तालिम सबै किशोरीका लागि आवश्यक रहेको अर्का विद्यार्थी कल्पना पाल बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पछिल्लो एक महिनाको अवधिमा दार्चुलामा दुई वटा किशोरी बलात्कारजन्य घटनाबाट पिडित भएका छन् ।

घरभित्र र बाहिर बालिका बलात्कारका घटना बढ्न थालेपछि प्रतिकारका लागि आत्मरक्षा तालिम आवश्यक रहेको राष्ट्रिय माबि दत्तुका किशोरी देवकी चैसिरले बताउनुभयो । दुई दिनमा धेरै व्यवहारिक कुरा सिक्न नपाएको बताउदै उहाँले कम्तिमा पनि एक हप्ताका लागि प्रतेक विद्यालयमा आत्मरक्षा तालिम सञ्चालन गर्नुपर्ने प्रतिक्रिया दिनुभयो ।

Previous Post

पुल्लेतोला स्वास्थ्य चौकिमा अतिआवश्यक सेवाहरु बाहेकका सेवा बन्द

Next Post

एसईई गएकाे वर्षकै विधिमा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

Next Post

एसईई गएकाे वर्षकै विधिमा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal