Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

पञ्चदेवल विनायकमा पालिका स्तरीय बाल भेला सम्पन्न, बालबालिकाबाट १५ लाखको योजना प्रस्ताव

सागर देबकोटा by सागर देबकोटा
मे 25, 2025
in शिक्षा, सूचना प्रविधि
29
0
23
SHARES
37
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

पञ्चदेवल विनायक नगरपालिका- मा नगर बाल सञ्जालको आयोजनामा र आस्था नेपाल, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल तथा महिला हिंसा विरुद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जाल नेपालको सहयोगमा पालिका स्तरीय बाल भेला सम्पन्न भएको छ।

बाल अधिकार, सुरक्षा र समग्र विकासका विषयमा सचेतना जगाउने उद्देश्यले सम्पन्न भेलामा नगरका सबै वडाका बालबालिकाको सक्रिय सहभागिता रह्यो। नगर बाल सञ्जाल अध्यक्ष रिता ढकालको अध्यक्षतामा सुरु भएको कार्यक्रममा कार्यबाहक नगरप्रमुख कृपा बहादुर धामी प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर थापा, स्वास्थ्य शाखाका प्रतिनिधि लक्ष्मी कान्त बजगाईं, महिला तथा बालबालिका शाखा प्रमुख हंस राज अधिकारी, आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीलगायत सरोकारवालाको उपस्थिति थियो।

भेलामा बालबालिकाले बाल विवाह, मोबाइलको दुरुपयोग, लागू पदार्थ दुर्व्यसन र छाउपडी प्रथालाई प्रमुख समस्या पहिचान गर्दै प्राथमिकताका आधारमा योजना निर्माण गरेका थिए। उनीहरूले कुल १५ लाख १५ हजारको लागत अनुमानसहितको कार्यक्रम प्रस्तुति गर्दै अभिभावक, विद्यालय र स्थानीय सरकारसँग सहकार्यमा कार्यान्वयनको माग गरेका छन्।

कार्यक्रममा चित्रमार्फत सुरक्षित–असुरक्षित स्थानको पहिचान, मन पर्ने–नपर्ने ठाउँको विवरण, शरीर नक्साङ्कन र भविष्यको बालमैत्री नगरको परिकल्पना प्रस्तुत गरिएको थियो।

भेलामार्फत नगर बाल सञ्जालको पुनर्गठन गर्दै श्रृजना अधिकारीलाई अध्यक्ष चयन गरिएको छ।

कार्यक्रममा सरोकारवालाहरूले बालबालिकाको हक सुनिश्चित गर्दै उनीहरूको भविष्य निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता जनाए।

बाल सञ्जाल सदस्य संगिता तिमिल्सेनाको सञ्चालनमा सम्पन्न भएको सो कार्यक्रमले बाल आवाजलाई स्थानीय तहमा नीति निर्माणसम्म पुर्‍याउने आधार तयार गरेको छ।


Previous Post

पञ्चदेवल विनायक नगरपालिका–२ मा ज्येष्ठ नागरिक लक्षित निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

Next Post

मेल्लेख–६, षोडषादेवी पूर्ण बालमैत्री वडा घोषणा

Next Post

मेल्लेख–६, षोडषादेवी पूर्ण बालमैत्री वडा घोषणा

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal