Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

राष्ट्रियसभामा थापा कि देवकोटा ,कसले मार्लान बाजी ?

Public Dristi by Public Dristi
मे 18, 2021
in राजनीति
4
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

४ जेठ काठमाडौ । आगामि केहि दिनमा राष्ट्रियसभामा रिक्त पदमा जेठ ६ गते उपनिर्वाचन हुँदैछ। एमालेबाट गृहमन्त्री रामबहादुर थापा र विपक्षी गठबन्धनबाट संघीय योजनाविद् डा. खिमलाल देवकोटा चुनावी मैदानमा छन्। दुवै पक्षले आ–आफ्नो उम्मेदवारलाई मतदान गर्न ह्विप जारी गरेका छन्। एमालेले थापालाई सूर्य चिह्नमा मतदान गर्न र माओवादी केन्द्रले देवकोटालाई कलम चिह्नमा भोट हाल्न ह्विप लगाएका हुन्।

एमालेका महासचिव ईश्वर पोखरेलले बागमतीका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई सूर्य चिह्नमा भोट हाल्न ह्विपसहितको पत्र  सम्बन्धित सबैलाई पठाएका छन्। थापा एमाले उम्मेदवार रहेको र उनका पक्षमा मतदान गर्न पत्रमार्फत निर्देशन दिइएको छ।

‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार  रामबहादुर थापा मगर भएको जानकारी गराइन्छ’, पत्रमा लेखिएको छ, ‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रमअन्तर्गत मिति २०७८ जेठ ६ गते ०९.०० बजेदेखि १५.०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिह्न सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु।’

बागमती प्रदेशसभा र स्थानीय तहमा एमालेको बहुमत छ। पार्टीको ह्विपअनुसार मतदान भए थापाले जित्ने बलियो सम्भावना छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले उम्मेदवार थापालाई मत दिने भएको छ। एमालेबाट अनुरोधसहितको पत्र आएकाले एमाले उम्मेदवारको पक्षमा मतदान गर्न राप्रपाका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएको जनाइएको छ। बागमतीमा राप्रपाका दुई प्रदेशसभा सदस्य र दुई गाउँँपालिका अध्यक्ष तथा उपाध्यक्ष मतदाता छन्।

माओवादी केन्द्रले विपक्षी गठबन्धनबाट साझा उम्मेदवारका रूपमा अघि सारिएका डा. देवकोटालाई मतदान गर्न ह्विप जारी गरेको छ। प्रदेश सहइन्चार्ज हितमान शाक्य, प्रदेश अध्यक्ष नारायण दाहाल र संसदीय दलका नेता सालिकराम जमकट्टेलले संयुक्त विज्ञप्ति जारी गर्दै देवकोटालाई जिताउन आह्वान गरेका हुन्।

उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्यहरूले मतदान गर्नेछन्। उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य १ सय १० र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख, उपप्रमुख २ सय ३८ गरी ३४८ मतदाता कायम भएको छ। प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८।

निर्वाचन आयोगले उपनिर्वाचन सम्पन्न गर्न स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ। जसअनुसार मतदानस्थलमा दुई स्वास्थ्यकर्मी रहेको हेल्थ डेस्क स्थापना गरिनेछ। मतदान केन्दमा प्रवेश गर्न ७२ घण्टा अवधिभित्रको पीसीआर रिपोर्ट देखाउनुपर्ने आयोगले जनाएको छ। कोभिड संक्रमित मतदाताको छुट्टै मतदान केन्द्रको व्यवस्था गरिने जनाइएको छ।  – अन्नपुर्ण पोस्टबाट

Previous Post

शक्तिशाली चक्रवात को असर नेपालमा ५ दिन पर्ने

Next Post

पहिलो बर्षको परीक्षा नहुँदै दोस्रो बर्षको पढाइ

Next Post

पहिलो बर्षको परीक्षा नहुँदै दोस्रो बर्षको पढाइ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal