पाण्डव हार्ने कौरव जित्ने तास भयो राजनीति
काम नगर्ने मिठो खाने गाँस भयो राजनीति।
दौरा सुरुवाल,कोट पाइन्ट ढाकाटोपी
सिरमा लगाई सुरासुन्दरी घुमाउने मिठास भयो राजनीति।।
कोहीलाई भने घर परिवार पाल्न पनि गाह्रो छ
उसलाई भने महलको सुबास भयो राजनीति।।
हेरियो नि चुनावभरि गाउँ बस्तीको चर्तिकला
गरिबीको टाउको दुख्ने पिनास भयो राजनीति।।
पशुजस्तै व्यवहार गरी गाली दिँदा धम्की दिँदा
मान्छे किन्ने मान्छे बेच्ने उदास भयो राजनीति।।


Discussion about this post