Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

कसरी बनाउने मजबुत पासवर्ड, यी हुन् गुगलका ५ टिप्स

Public Dristi by Public Dristi
मे 8, 2020
in सूचना प्रविधि
48
0
37
SHARES
59
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

साइबर आक्रमणका घटनामा पछिल्ला दिनहरुमा वृद्धि भैरहेको छ । अझ लकडाउनका बेला इन्टरनेटको प्रयोग अत्यधिक हुँदा प्रयोगकर्ताका अनलाइन अकाउन्टहरु झनै जोखिमपूर्ण बनिरहेका छन् । यस्तोमा आफ्नो कुनै पनि अनलाइन अकाउन्टलाई ह्याक हुनबाट जोगाउनका लागि अकाउन्टको पासवर्ड मजबुत बनाउनुपर्ने हुन्छ ।

अधिकांस मानिसहरु सम्झिन सजिलो होस् भनेर अंकमात्रै वा अक्षर मात्रैका सजिला पासवर्ड राख्ने गर्दछन् । आफ्नो जन्ममिति, जन्मस्थान, नाम वा थर जस्ता अंक तथा अक्षरहरुलाई अनलाइन अकाउन्टको रुपमा प्रयोग गर्ने प्रचलन निकै बढी छ । अझै धेरैवटा अकाउन्टमा एउटै पासवर्ड राख्ने मानिसहरु पनि थुप्रै हुन्छन् । यस्तोमा ह्याकरहरुले प्रयोगकर्ताको पासवर्ड सजिलै पत्ता लगाउने र अकाउन्ट ह्याक गर्ने जोखिम उच्च हुन्छ ।

हरेक वर्ष मे महिनाको पहिलो बिहीबारलाई विश्व पासवर्ड दिवसको रुपमा मनाइन्छ । यो वर्षको पासवर्ड दिवसको अवसरमा इन्टरनेट जाएन्ट गुगलले बलियो पासवर्ड बनाउने ५ वटा टिप्स दिएको छ । गुगलका अनुसार मजबुत पासवर्ड बनाउनका लागि यी कुरामा ध्यान दिनुपर्दछ :

  • पासवर्ड लामो हुनुपर्दछ : गुगलका अनुसार पासवर्डमा कम्तिमा पनि ८ वटा अंक।अक्षर।चिन्ह हुनुपर्दछ । पासवर्डलाई मजबुत बनाउनका लागि त्यसमा अक्षरहरुमा ठूलो तथा सानो अंग्रेजी अक्षर, अंक तथा चिन्हहरुको समेत प्रयोग गर्नुपर्दछ ।
  • पासवर्ड फरक फरक हुनुपर्दछ : इन्टरनेट प्रयोगकर्ताहरुले आफ्ना फरक फरक अनलाइन अकाउन्टहरुमा फरक फरक पासवर्ड प्रयोग गर्नुपर्दछ । एक भन्दा बढी अकाउन्टमा एउटै पासवर्ड प्रयोग गर्नु हुँदैन ।
  • पासवर्ड सिर्जनात्मक हुनुपर्दछ : कतिपय प्रयोगकर्ताहरुले आफ्नो सजिलोका लागि निकै सरल चिजहरुलाई पासवर्डको रुप्मा प्रयोग गर्ने गर्दछन् । जसमा आफ्नो नाम, थर वा उपमान, स्कूलको नाम, आफु बस्ने टोलको नाम, मनपर्ने खेल क्लबको नाम, १२३४५ जस्ता लहरै अंक वा उबककधयचम भन्ने शव्द । सजिलोका लागि यस्तो पासवर्ड राख्नु जोखिमपूर्ण हुन्छ । ह्याकरहरुले सजिलैसँग यस्तो पासवर्ड पत्ता लगाएर तपाइँको अकाउन्ट ह्याक गरिदिन सक्दछन् । त्यसैले पासवर्ड छनोट गर्दा अलिक सिर्जनात्मक हुनुहोस् ।
  • पासवर्डमा नराख्नुस् व्यक्तिगत जानकारी : गुगलका अनुसार आफ्नो नाम, ठेगाना, फोन नम्बर तथा इमेल आदिलाई पासवर्डको रुपमा प्रयोग गर्नु हुँदैन । यसले अन्य व्यक्ति वा ह्याकरलाई तपाइँको पासवर्ड पत्ता लगाएर अकाउन्ट ह्याक गर्न सजिलो पर्न सक्दछ ।
  • पासवर्ड परिवर्तन गरिरहनुहोस् : धेरै लामो समयसम्म एउटै पासवर्ड राखिरहनु हुँदैन । समय समयमा पासवर्ड परिवर्तन गरिरहनु पर्दछ । यदि कुनै कारणले अन्य व्यक्तिसँग आफ्नो पासवर्ड शेयर गरिएको छ वा अन्य व्यक्तिलाई तपाइँको पासवर्ड थाहा भयो भने तुरुन्तै पासवर्ड परिवर्तत गर्नुहोस् । एजेन्सी
Tags: सूचना प्रविधि
Next Post

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

Next Post

नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal