Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

अछामको देवकोटमा महायज्ञ : मुख्यमन्त्री शाहद्वारा उद्घाटन 

Public Dristi by Public Dristi
मे 1, 2023
in साामााजिक
15
0
11
SHARES
18
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछामको ढकारी गाउँपालिकामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज धार्मिक कार्यक्रमको उद्घाटन गरे सँगै महायज्ञ शुभारम्भ भएको हो ।

देशभरिका देवकोटा बन्धुहरूको सहभागितामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ वैशाख १८ गते देखी २४ गते सम्म ढकारी गाउँपालिका वडा नम्बर ८ देवकोटमा भव्य महायज्ञ सञ्चालन गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहेका मुख्यमन्त्री शाहले धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुदूरपश्चिम सरकार लागी रहेको बताए । अछाम जिल्ला ऐतिहासिक धार्मिक महत्त्व बोकेको ठाउँ भएकाले जिल्लाको भौतिक,आर्थिक,सामाजिक र सांस्कृतिक विकासका लागी लागी कुनै कसुर बाँकी नराख्ने धार्मिक कार्यक्रम मार्फत वचन दिएका छन् ।

यस्तै कार्यक्रममा विशिष्ट अतिथि रहेका प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाहले अछामको विकट क्षेत्रमा भव्य महायज्ञ कार्यक्रम गर्ने साहस गर्ने देवकोटा बन्धु परिवारलाई धन्यवाद दिएका छन् । फरक प्रसङ्गमा बोल्दै उनले वेतन कर्णाली परियोजना,चिसापानी जंगलघाट बेलखेत हुँदै हिल्सा जोड्ने राष्ट्रिय गौरवका योजनामा बेला बेला सदनमा आवाज उठाएको बताएका छन् ।अछामी जनताको जनजीविका सँग जोडिएका विभिन्न सामाजिक,धार्मिक,आर्थिक विकास र समृद्धिका लागी आफू जहिल्यै अग्रपङ्क्तिमा रहने प्रतिनिधि सभा सदस्य सांसद पुष्प बहादुर शाहले बताए ।

यसै बिच कार्यक्रममा प्रदेश सभा सदस्य मेघराज खड्काले महाकवि लक्ष्मी प्रसाद देवकोटाको सालिक निर्माण गर्ने महायज्ञको उद्देश्य प्रति गर्व गरेका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अछाममा निर्माण हुनु भनेको समग्र अछामी साहित्यकारका लागी खुसीको कुरा भएको उनको भनाई छ ।

यस्तै महायज्ञ उद्घाटन कार्यक्रममा जिल्ला स्थित पालिकाका जनप्रतिनिधि,जिल्ला समन्वय समिति प्रमुख लगायतको सहभागिता रहेको थियो । देवकोटालाई देशै भर चिनाउने,आन्तरिक पर्यटन प्रवर्द्धन गर्न तथा धार्मिक स्थलको विकास गर्ने मुख्य उद्देश्य रहेको देवकोटा बन्धु समाज प्रचारप्रसार समिति संयोजक कृष्ण प्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार कुल देवताको मन्दिर निर्माण गरी देशकै सबैभन्दा ठुलो भारद्वाज ऋृृषिको मूर्ति स्थापना गर्ने,महाकवि लक्ष्मी प्रसाद देवकोटाको सालिक निर्माण गर्ने,सामुदायिक भवन निर्माण गरी वृहत् पुस्तकालय स्थापना सँगै धर्मशाला निर्माण तथा सञ्चालन गर्ने महायज्ञका उद्देश्य रहेका छन् । प्रथम दिवस र दृतिय दिवस गरी महायज्ञका विभिन्न धार्मिक कार्यक्रम राखिएको छ । देवकोटालाई राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्र सम्म चिनाउनका लागि प्रमुख कथा वाचक श्री नारायण प्रसाद शर्मा घोडासैनीको मुखारबिन्दु बाट सङ्गीतमय श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना हुने भएकाले सम्पूर्ण श्रद्धालु भक्तजनहरूमा देवकोटा बन्धु समाज महायज्ञ प्रचार प्रसार समितिले हार्दिक निमन्त्रणा गरेको छ ।

Previous Post

Next Post

डोटीमा जन्ती बोकेको बस दुर्घटना

Next Post

डोटीमा जन्ती बोकेको बस दुर्घटना

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal