Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

विश्व औलो दिवस अछाममा यसरी मनाइयो

Public Dristi by Public Dristi
अप्रिल 25, 2023
in साामााजिक
14
0
11
SHARES
17
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

अछाम स् ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् ।

नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समय सीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ ।

यसै बिच जिल्ला स्वास्थ्य कार्यालय अछामले पनि सञ्चारकर्मीहरू सँग अन्तरक्रिया गर्दै विश्व औलो दिवस मनाएको छ । जिल्ला स्थित विभिन्न सञ्चार माध्यायमका सञ्चार कर्मीहरू सँग औलो रोगको अवस्था,यसका लक्षण र रोग निदान बारे आम नागरिकले खेल्नुपर्ने भूमिकाको विषयमा छलफल गर्दै मङ्गलवार सम्पन्न भएको हो ।

पछिल्लो समय सबै भन्दा बढी सुदूरपश्चिममा औलोका बिरामीको तथ्याङ्क रहेकाले नियमनका लागी सबै सरोकारवाला लाग्नु पर्ने जिल्ला स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुङ्गानाले जानकारी दिए ।लामखुट्टेको टोकाइबाट सर्ने भएकाले औलो नियन्त्रणका लागी वातावरण सरसफाइ सँगै भारत बाट स्वदेश फर्केकाहरूमा विशेष ध्यान दिन उनले आग्रह गरेका छन् ।

अछाममा गत वर्ष २३ जना मा औलो सङ्क्रमण देखिएको थियो भने यस वर्ष हाल सम्म १३ जनामा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङ्कमा उल्लेख छ ।

ज्वरो आउनु,पसिना आउनु,टाउको दुख्नु,थकित हुनु,पेट दुख्नु,चक्कर लाग्नु,मांसपेशी तथा जोर्नीहरू दुख्नु,जाडो हुनु, वाकवाकी लाग्नु यसका सामान्य लक्षण भएकाले समयमै स्वास्थ्य संस्थामा गई उपचार गराइहाल्नु पर्ने अधिकृत ढुङ्गानाले सुझाव दिएका दिएका छन् ।अछामका १४ स्वास्थ्य संस्थाहरूबाट औलो भए नभएको परीक्षण गर्न सकिने समेत उनले जानकारी दिएका छन् ।

साथै जिल्ला स्वास्थ्य कार्यालय अछाममा पूर्ण खोप सम्बन्धी अन्तरक्रिया पनि आजै सम्पन्न भएको छ । अहिले देशै भरि खोप अभियान चलिरहेकाले कोही नछुट्ने गरी पूर्ण खोप लगाउने उद्देश्य सहित प्रत्येक पालिकाहरू बाट खोप अभियान सञ्चालन भइरहेकाले सबै बालबालिकाहरूलाई अनिवार्य खोप लगाउने स्वास्थ्य कार्यालयको लक्ष्य छ ।

जिल्ला स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनक ढुङ्गानाका अनुसार पूर्ण खोप नलाएका बालबालिकाहरू लाई पोषण भत्ता वितरणमा समेत कडाइ गरिने भएकाले सबैले पूर्ण खोपको अभियानमा साथ दिन आग्रह गरिएको छ ।

Previous Post

मेयर बोहराको ज्यादती गुण्डागर्दी शैलीमा ब्यापारीका फलफूल सडकमा फ्याकिदिए

Next Post

स्याउला ल्याउन जंगल गएकी डोटीको महिला मृत फेला

Next Post

स्याउला ल्याउन जंगल गएकी डोटीको महिला मृत फेला

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal