Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

भुकम्प प्रभावित जाजरकोटमा प्राज्ञिकले शैक्षिक सामग्री वितरण

सागर देबकोटा by सागर देबकोटा
अप्रिल 16, 2024
in स्थानीय
11
0
8
SHARES
13
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

भुकम्प प्रभावित जाजरकोटका ५०० जना विद्यार्थीहरूलाई इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण


जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नम्बर ६ मा रहेको श्री सीता माध्यमिक विद्यालयमा अध्ययनरत ५०० जना विद्यार्थीहरू लाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरेको छ । वैशाख ४ गते विद्यालयको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी उक्त सेवा कार्य गरेको थियो ।


उक्त कार्यक्रममा प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकालज्यू, ओरेगन नेपाली समाज, अमेरिकाका अध्यक्ष श्री नारायण गुरुङज्यू, सीता माध्यमिक विद्यालयका प्राचार्य श्री गोरख बहादुर सिंहज्यू, विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकेन्द्र नेपालीज्यू, विद्यार्थी परिषद्का सगरमाथा र जानकी प्रदेश संगठन सचिव तथा केन्द्रीय विश्वविद्यालय कार्य प्रमुख श्री छितराज न्यौपानेज्यू, विद्यार्थी परिषद्का सुदूरपश्चिम र कर्णाली प्रदेश संगठन सचिव तथा राष्ट्रिय जनजाति कार्य प्रमुख श्री चन्द्रशेखर जोशीज्यू,बारेकोट ५ नम्बरका वडाअध्यक्ष श्री गोरख बहादुर थापाज्यू, केन्द्रीय सदस्य प्रकाश शर्माज्यू, विरिजित बोहराज्यू, कर्णाली प्रदेश कार्य समिति सदस्य नवीन गिरीज्यू, बिष्णु कार्कीज्यू, विद्यालयका शिक्षक, अभिभावक तथा जनप्रतिनिधिज्यू लगायत उल्लेखको उपस्थिति रहेको थियो ।
प्राचार्य गोरख बहादुर सिंहज्यूले विद्यार्थीहरूको शिक्षण सिकाई क्रियाकलापमा टेवा पुर्‍याउने कार्यक्रम जाजरकोट जिल्लाको एकदम विकट बारेकोट गाउँपालिका ६ नम्बर वडामा रहेको आफ्नो विद्यालय श्री सीता माध्यमिक विद्यालयमा गरेकोमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल र ओरेगन नेपाली समाजलाई धन्यवाद एवम् आभार प्रकट गर्नुभयो ।


उक्त कार्यक्रममा ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष श्री नारायण गुरुङज्यूले जाजरकोटमा भुकम्प जादा विदेशमा रहेका नेपालीहरूको मुटु कामिरहेको र भुकम्प प्रभावित विद्यार्थीहरूलाई सानो भएपनि सहयोग गर्न र प्रत्येक्षरूपमा भेट्न पाउदा आनन्द आएको बताउनुभयो ।
परिषद्का राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकालज्यूले विद्यार्थीहरू राष्ट्रका वर्तमान र भविष्य भएकाले असल व्यक्ति निर्माणमा सबैले विशेष ध्यान दिनुपर्ने बताउदै विद्यार्थी परिषद्ले निरन्तर सेवा कार्य गरिरहेको उल्लेख गर्नुभयो । उक्त शैक्षिक सामग्री विद्यालयसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आफ्नो मन्तव्य राख्नुभएको थियो ।


उक्त कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकालज्यू र ओरेगन नेपाली समाज अमेरिकाका अध्यक्ष श्री नारायण गुरुङज्यूलाई अभिनन्दन तथा सम्मान पत्र सहित विद्यालय परिवारले सम्मान गरेको केन्द्रिय सदस्य प्रदीप भट्टले जानकारी गराए ।

Previous Post

बिनायकमा राष्ट्रिय परिचयपत्र विवरण दर्ता स्टेसन उद्घाटन

Next Post

बसुजिका मुक्तकहरु

Next Post

बसुजिका मुक्तकहरु

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal