Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

‘ड्रग्स’को दलदलमा कैलालीका युवा, तीन वर्ष नपुग्दै ४१० मुद्दामा ७२६ पक्राउ

Public Dristi by Public Dristi
अप्रिल 1, 2023
in प्रदेश
13
0
9
SHARES
15
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः तीन वर्ष नपुग्दै कैलालीमा दुव्र्यसनीमा संलग्न ७ सय २६ जना पक्राउ परेका छन्।

जिल्लाभित्र लागुऔषध ओसारपसार, विक्रीवितरण र सेवनमा संलग्न चार सय १० दुव्र्यसनी मुद्दाका ७ सय २६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ। आर्थिक वर्ष २०७७/७८ देखि चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म ठुलो संख्यामा दुव्र्यसनीमा संलग्नहरुलाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीको अभिलेख छ। सबैभन्दा बढी चालु आर्थिक वर्षको ८ महिनामा पक्राउ परेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा लागुऔषध सम्बन्धीका ९१ मुद्दामा १३२ मध्ये ६ महिलासहित ८३ जना पुरुष पक्राउ परेका हुन्। नाइट्रोभेटमा २०, चरेशमा ११, स्पास्मोमा १०, गाँजा र अन्यमा ४/४ जना पक्राउ गरेर मुद्दा चलाइएको थियो। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा लागुुऔषध सम्बन्धीका २०१ मुद्दामा ३१५ मध्ये २९७ पुरुष र १८ महिला पक्राउ परेका थिए।

यो वर्ष जिल्लाका विभिन्न स्थानबाट ४४ किलो चरेश, ४६९ ग्राम लागुऔषध, तीन हजार पाँच ५५ ट्याब्लेट नाइट्रोभेट, एक हजार २१५ क्याप्सुल स्पास्मो, ८० क्याप्सुल नाइट्रोजपाम प्रहरीले बरामद गरेको हो। फागुन मसान्तसम्म लागुऔषध दुव्र्यसनीमा संलग्न रहेको आरोपमा २७९ जनालाई पक्राउ गरिएको छ।

उनीहरुविरुद्ध लागुऔषध सम्बन्धीका १९० वटा मुद्दा दर्ता गरिएको छ। सबैभन्दा धेरै ४३ किलो चरेश, ४८० ग्राम लागुऔषध, ५८७ ट्याब्लेट नाइट्रोभेट, एक हजार दुई सय क्याम्पसुुल नाइट्रोजपाम, एक सय २८ ग्राम गाजा बरामद गरिएको छ। आर्थिक वर्ष २०७७/७८ मा औसतमा प्रतिमहिना ११ जना पक्राउ परेकोमा आर्थिक वर्ष २०७८/७९ मा बढेर प्रतिमहिना २६ जना पक्राउ परेका थिए।

तर चालु आर्थिक वर्षमा भने दुवै वर्षको तुलनामा ९ जना बढी अर्थात प्रतिमहिना ३५ जना पक्राउ पर्ने गरेका हुन्। लागुऔषध किशोर/किशोरीदेखि युवाको संख्या अधिक देखिएको छ। ‘ड्रग्स’को दलदलमा कैलालीका धेरै युवा फस्दै गएको देखिएको छ। भारतसँगको खुल्ला सिमानाका कारण लागुऔषधको दुव्र्यसनी बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ।

Previous Post

प्रधानमन्त्रीले मिटरब्याज पीडितलाई बोलाए बालुवाटार

Next Post

भीम रावलसँग वार्ताका लागि एमाले ग¥यो समिति गठन

Next Post

भीम रावलसँग वार्ताका लागि एमाले ग¥यो समिति गठन

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal