काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिरुद्ध बानेश्वरमा नाराबाजी गरेका छन्।
५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्री बिरुद्ध नाराबाजी गरेका हुन्। प्रहरीले ती युवालाई समाउन खोज्दा उनले प्रचण्डबिरुद्ध नाराबी गर्दै बिरोध जनाएका थिए। त्यसबीचमा अर्को एक जना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाए। दुवै जना युवालाई प्रहरीले गाडीमा राख्दै गर्दा दुवै जना युवाले मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन,७७ जिल्लाका युवा एक हौं भन्दै नाराबाजी गरेका थिए।
प्रधानमन्त्री दाहालकै अगाडि एक अर्का युवाले पनि बैंकको मिटर ब्याज मिनाह गर भन्दै नारा लगाएका थिए। ति तीनै युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


Discussion about this post