Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

सशस्त्रद्वन्द्वको घाउ संसद्मै बल्झिएपछि माओवादी वृत्तमा हलचल, प्रचण्डमाथि धारेहात (खासखबर) 

Public Dristi by Public Dristi
मार्च 19, 2023
in राजनीति
5
0
3
SHARES
5
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

काठमाडौं । सशस्त्रद्वन्द्वमा सामान्य नागरिकले पनि ज्यानको आहुति दिनुपर्‍यो । धेरै टाढा जानै पर्दैन, डोटीको बडिकेदारस्थित छेडागाउँमा राज्य पक्षबाट भएको क्रूर घटनालाई साक्षीका रुपमा लिन सकिन्छ । त्यहाँ सिमसिमे पानीसँगै भिजेको पाखो जमिनका आलीहरू बिउँ खोज्दै थिए । त्यहीँ बिउँ रोप्ने किसान बाली राम्रै हुन्छ कि भन्दै खेतमा असरल्ल छरिएका थिए । बर्छेनबाट गोरु खोज्न आएका बटुवा पनि सँगसँगै डिलमा कुराकानीमा व्यस्त थिए । घटना लामो थिएन । माओवादीको निकै चहलपहल हुने छेडा शाही सेनाको निगरानीमा थियो । सेना आए, खेतमा पुगे तिमी माओवादीहरू भन्दै लाइन लगाए, भाग भने पछाडिबाट गोली ठोके पाँच जनाको एकै चिहान बनाए । एकजना बाँचे, उनी घटनाको ज्यूँदो साक्षी हुन् ।

यो घटनाले माओवादी मात्रै होइन, राज्य पक्ष पनि उत्तिकै आक्रामक थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । आज संसद्को स्थिति हेर्दा निकै द्वन्द्वात्मक रह्यो । एमालेका नेता योगेश भट्टराईले द्वन्द्वका घटनामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बढी जानकार भएकोले सकेसम्म उहाँबाटै समाधानको प्रक्रिया अगाडि बढ्नुपर्नेमा इंगित गर्नुभयो ।

संसद्मा द्वन्द्वकालीन मुद्दाका विषयमा निकै चर्चा भयो । राप्रपाका सांसद ज्ञानबहादुर शाहीले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डलाई कुनै पनि हालतमा माफी दिन नसकिने तर्क गर्नुभयो । उहाँले द्वन्द्वकालीन मुद्दामा जोडिएका सबैलाई कारबाही गर्नुपर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पनि सशस्त्रद्वन्द्वका मुद्दालाई हचुवाका भरमा ब्याक गर्न नसकिने बताउनुभयो । गृहयुद्धको निर्धारित लक्ष्य नै नभएको उहाँको धारणा थियो ।

मुलुक परिवर्तनको हिस्सेदार बनेको शसस्त्रद्वन्द्वलाई नजरअन्दाज गर्न मिल्दैन । त्यहीँ विद्रोहका कारण धेरै वर्ग समुदायका अधिकारहरू पनि स्थापित भएका छन् । द्वन्द्वकै नेतृत्वकर्ताले शान्ति समायोजनमा आएपछि पुराना घाउ बिर्सिँदै जाँदा आशा बोकेका जनताहरू निराशामा बाचिरहेका छन् । त्यतिबेलाको घाउलाई मेट्ने मलमपट्टी भनेकै पुनर्स्थापना हो, अकुत सम्पत्ति कमाएका र विलासितामा हिँडेका माओवादीका कमान्डरहरूको सम्पत्ति छानबिन गरी पीडितलाई राहत दिनु आजको आवश्यकता हो ।

Previous Post

डोटीको केदार ज्योतीपुञ्ज क्याम्पसमा नेविसंघको पुरै प्यानल बिजयी

Next Post

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए शपथ

Next Post

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए शपथ

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal