Public Dristi
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष
No Result
View All Result
Public Dristi
No Result
View All Result

टीयू टपर भए एसपीएका तीन विद्यार्थी

Public Dristi by Public Dristi
मार्च 19, 2023
in प्रदेश
4
0
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitterhttps://www.facebook.com/profile.php?id=100063735924714

धनगढीः कैलालीको एक विद्यालयका विद्यार्थी टीयू टपर भएकाछन्।

जिल्लाको धनगढी उपमहानगरपालिकामा रहेको एसपीए कलेजका बीआईएम अध्ययनरत् तीन विद्यार्थीहरु सर्वोत्कृष्ट नतिजासहित त्रिभुवन विश्वविद्यालयको दोस्रो र तेस्रो टपर भएका छन्। त्रिभुवन विश्वविद्यालय(टीयू)ले यसैवर्ष श्रावणमा लिएको बीआईएम (ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट) पहिलो सेमिष्टरमा एसपीएका हेमबहादुर जोरा टीयू दोस्रो र दीपेन्द्र जोशी तथा सौरभ प्रताप बम मल्ल तेस्रो टपर भएका हुन्।

हेमले ३.९१ जिपिए तथा दीपेन्द्र र सौरभले ३.९० जिपिएसहित टीयू टप भएका छन्। कलेजका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीमबहादुर पुनले विश्वविद्यालयको प्रतिस्पर्धी परीक्षामा एसपीएका विद्यार्थीले टप गर्नु गर्विलो कुरो रहेको बताए। ‘टीयूको प्रतिस्पर्धात्मक परीक्षामा देशभरिका विद्यार्थीलाई उछिन्दै हाम्रा विद्यार्थी अब्बल सावित भएका छन्।

उनीहरुलाई बधाई दिन चाहान्छु,’ कार्यक्रम निर्देशक पुनले भने, ‘यस नतिजाले शैक्षिक क्षेत्रमा एसपीए पुनः एकपटक अब्बल रहेको प्रमाणित गरेको छ। विद्यार्थीको अविरल मिहिनेत, अध्यापक तथा कलेजको साथ सहयोगले यो सम्भव भएको हो।’ टीयू दोस्रो टपर भएका विद्यार्थी हेमले निरन्तरको लगाव र अध्यापक तथा परिवारको साथ सहयोगले सफलता मिलेको बताए।

अघिल्लो हप्तामात्रै आएको बीएचएम पहिलो सेमिस्टरमा पनि एसपीएका दुई विद्यार्थी टीयूको दोस्रो र तेस्रो टपर बनेका थिए। गुणस्तरीय शिक्षाका लागि एसपीए पर्यायवाची शब्द जस्तै भइसकेकाले लगातार उत्कृष्ट नतिजा आइरहेको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए।

Previous Post

बाजुरामा झडप भएपछि हवाई फायर

Next Post

हिमालयन गौरीशंकर डेन्टलले भोली  निःशुल्क स्वास्थ सेवा तथा परामर्श दिने 

Next Post

हिमालयन गौरीशंकर डेन्टलले भोली  निःशुल्क स्वास्थ सेवा तथा परामर्श दिने 

Discussion about this post

हाम्रो बारेमा

प्रज्वल मल्टिमिडिया एकेडेमी प्रा.लि. विनायकको व्यवस्थापनमा सञ्चालन भइरहेको PublicDristi.com नेपाली भाषामा प्रकाशित हुने विश्वसनीय डिजिटल अनलाइन समाचार पोर्टल हो।
Email: publicdristi@gmail.com
Phone: 9769843698

हाम्रो टिम

अध्यक्ष: सागर देबकोटा
सम्पादक: बिष्णु जैशी
कार्यलय: पञ्चदेवल बिनायक नगरपालिका ३ बिनायक अछाम

साइट नेभिगेसन

कला कारोबार खेल ग्लोबल प्रदेश मौसम राजनीति विचार विशेष शिक्षा समाज साामााजिक सूचना प्रविधि स्तानिय समचार स्थानीय
  • गृहपृष्‍ठ

© 2020 Public Dristi| With ❤️ by Webpal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्‍ठ
  • साामााजिक
  • कला
  • कारोबार
  • खेल
  • ग्लोबल
  • प्रदेश
  • राजनीति
  • समाज
  • सूचना प्रविधि
  • विशेष

© 2020 Public Dristi| With ❤️ by Webpal