काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्।
पौडेलले स्वकीय सचिव चिरञ्जीवी अधिकारीमार्फत केन्द्रीय कार्यालयमा पत्र दर्ता गराएको नेपाली कांग्रेसका कार्यालय सचिव प्रकाश शर्माले बताए। विद्यार्थी राजनीति हुँदै पार्टीको राजनीतिमा होमिएका पौडेल कांग्रेसको कार्यवाहक सभापति समेत भएका थिए र अहिले उनी वरिष्ठ नेता थिए।
उनले भोलि सोमबार १ बजे पद तथा गोपनियताको शपथ लिने भएकाछन्।


Discussion about this post